नेपालकै पहिलो इभेन्ट ‘बाइक्स एन्ड कफी’ सम्पन्न, बाइकरहरुले बाइक हेर्दै खाए कफी

काठमाडौं – नेपालकै पहिलो इभेन्टको रुपमा ‘बाइक्स एन्ड कफी’ सम्पन्न भएको छ । बाइकअहोलिकको आयोजनामा सम्पन्न सो इभेन्ट शनिबार काठमाडौंको नयाँ बजारस्थित एलिक्जिर क्याफेमा सम्पन्न भएको हो ।

बाइक्स एन्ड कफीमा सबै प्रकारका करिव ५ सय बाइक राइडर सहभागी भएको बाइकअहोलिकका को–फाउन्डर अश्विन श्रेष्ठ ‘जायन’ ले बताए । विश्वका विभिन्न देशमा कार्स एन्ड कफी कल्चर भएको र नेपालमा भने बाइक राइडर धेरै भएकाले बाइकरहरुलाई लक्ष्यित गरी यो कार्यक्रम गरिएको उनले बताए ।

प्रत्येक ३ महिनामा यस प्रकारको कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको उनको भनाइ छ । विभिन्न समूहमा छरिएर रहेका सबै प्रकारका बाइकरहरु एकै स्थानमा भेला भएर अन्तक्र्रिया गर्न सकिने भएकाले यो कल्चर आगामी दिनमा निकै नै प्रभावकारी हुने उनको अपेक्षा छ ।

प्रत्येक समयमा नयाँ नयाँ स्थानमा यस्तो भेला आयोजना गरिने आयोजकको भनाइ छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको इभेन्टमा जुनसुकै क्षमताका बाइक राइडरहरु सहभागी हुन सक्ने छन् ।

सम्बन्धित समाचारहरू

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक...

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...