अगस्ट चौथो सातामा मोटरसाइक्लिङ कार्निभल बाइकर्स जात्रा हुने

काठमाडौं – हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइक्लिङ कार्निभल) २०२४ अगस्ट २४ गते गोदावरी भिलेज रिसोर्टमा आयोजना हुने भएको छ ।

सन् २०१७ मा स्थापित बाइकाहोलिक (Bikeaholic) ले द हिमालयन टाइम्ससँगको सह–आयोजनामा उक्त कार्निभल आयोजना गर्न लागेको हो । बाइकाहोलिक मूलतः बाइक एण्ड कफि र कार एण्ड कफि जस्ता इभेन्टको लागि चर्चित छ ।

सोही सन्दर्भ जोड्दै बाइकाहोलिक नेपालको प्रसिद्ध अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्ससँगको सहकार्यले नेपाली मोटरसाइकल क्षेत्रकै एउटा अनौठो, रोमञ्चकारी तथा लोकप्रिय इभेन्ट लिएर उपस्थित भएको बताएको छ ।

अगस्टमा हुने बाइकर्स जात्रा नेपाली अटोमोबाइल, मोटरसाइकल, पर्यटन तथा स्पोर्ट क्षेत्रकै मेगा र माइलस्टोनिक इभेन्ट बनाउने प्रयत्न हुनेछ ।

यसमा मोटरसाइकल परेड, लाइभ म्युजिक पर्फमेन्स, डिजे स्टल, मोटरसाइकल सम्बन्धी खेलहरू, क्याम्पिङ, सेफ्टी राइडिङ ओरिएन्टेसन र अवार्ड तथा स्टोरी टेलिङहरु रहनेछन् । मोटरसाइक्लिङ सम्बन्धी स्टलहरू, प्रदर्शनी, प्रोडक्ट लन्चिङ लगायतका कार्य पनि जात्राका थप आकर्षण हुनेछन् ।

नेपाली मोटरसाइक्लिङ क्षेत्रको राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आबद्ध यो कार्निभलको महत्वपूर्ण कार्यक्रम मोटरसाइकल सम्बन्धी राष्ट्रिय तहको पोलिसी डाइलग पनि हो । Interaction on Motorcycling Safety & Sustainability शीर्षकमा हुने सो कार्यक्रममा नेपाली मोटरसाइक्लिङ क्षेत्रकै महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहनेछ । जुन सत्रमा Two Wheel Touring in Nepal, Motorcycle Safety & Stainability / Women in Motorcycling जस्ता विषयहरुमा प्रस्तुति र छलफल हुनेछन् ।

यस कार्यक्रमले मोटरसाइक्लिस्ट युवाहरुलाई साझा प्याटफर्म दिन, नीतिगत छलफल र योजनामा मोटरसाइकल जोड्न, नेपालको दिगो पर्यटन प्रवर्द्धनमा मोटरसाइकल बुझाउन, Two Wheel Touring को अवधारणा विकास गर्न, युवाहरूको साहस, सिर्जना र सकारात्मकता विकास गर्न, प्रोडक्टहरूलाई व्यवसायिक प्रमोसन गर्न, मोटरसाइकलसँग युवा र म्युजिकको संयोजन गर्न, इभेन्टमार्फत सडक दुघटना पीडितको काल्याणकारी कोष तयार गर्न र स्टोरी टेलिङमार्फत आ–आफ्नो भावना, कला र क्षमता प्रस्तुत गर्ने विश्वास भएको बाइकहोलिक नेपालका संस्थापक तथा प्रमुख अश्विन श्रेष्ठ (जिवोन) ले बताए ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

काठमाडौं – अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने छ भने...

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु...

भैरहवाका बिनोद यादवले जिते लक्की ड्रमा यामाहा बाइक

भैरहवाका बिनोद यादवले जिते लक्की ड्रमा यामाहा बाइक

काठमाडौं– यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...