ट्रायम्फ नेपालले सम्पन्न ग-यो लिगेसी राइड : बन्दीपुर एडिसन
ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल -याली ‘ट्रायम्फ लिगेसी...
काठमाडौं – हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइक्लिङ कार्निभल) २०२४ अगस्ट २४ गते गोदावरी भिलेज रिसोर्टमा आयोजना हुने भएको छ ।
सन् २०१७ मा स्थापित बाइकाहोलिक (Bikeaholic) ले द हिमालयन टाइम्ससँगको सह–आयोजनामा उक्त कार्निभल आयोजना गर्न लागेको हो । बाइकाहोलिक मूलतः बाइक एण्ड कफि र कार एण्ड कफि जस्ता इभेन्टको लागि चर्चित छ ।
सोही सन्दर्भ जोड्दै बाइकाहोलिक नेपालको प्रसिद्ध अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्ससँगको सहकार्यले नेपाली मोटरसाइकल क्षेत्रकै एउटा अनौठो, रोमञ्चकारी तथा लोकप्रिय इभेन्ट लिएर उपस्थित भएको बताएको छ ।
अगस्टमा हुने बाइकर्स जात्रा नेपाली अटोमोबाइल, मोटरसाइकल, पर्यटन तथा स्पोर्ट क्षेत्रकै मेगा र माइलस्टोनिक इभेन्ट बनाउने प्रयत्न हुनेछ ।
यसमा मोटरसाइकल परेड, लाइभ म्युजिक पर्फमेन्स, डिजे स्टल, मोटरसाइकल सम्बन्धी खेलहरू, क्याम्पिङ, सेफ्टी राइडिङ ओरिएन्टेसन र अवार्ड तथा स्टोरी टेलिङहरु रहनेछन् । मोटरसाइक्लिङ सम्बन्धी स्टलहरू, प्रदर्शनी, प्रोडक्ट लन्चिङ लगायतका कार्य पनि जात्राका थप आकर्षण हुनेछन् ।
नेपाली मोटरसाइक्लिङ क्षेत्रको राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आबद्ध यो कार्निभलको महत्वपूर्ण कार्यक्रम मोटरसाइकल सम्बन्धी राष्ट्रिय तहको पोलिसी डाइलग पनि हो । Interaction on Motorcycling Safety & Sustainability शीर्षकमा हुने सो कार्यक्रममा नेपाली मोटरसाइक्लिङ क्षेत्रकै महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहनेछ । जुन सत्रमा Two Wheel Touring in Nepal, Motorcycle Safety & Stainability / Women in Motorcycling जस्ता विषयहरुमा प्रस्तुति र छलफल हुनेछन् ।
यस कार्यक्रमले मोटरसाइक्लिस्ट युवाहरुलाई साझा प्याटफर्म दिन, नीतिगत छलफल र योजनामा मोटरसाइकल जोड्न, नेपालको दिगो पर्यटन प्रवर्द्धनमा मोटरसाइकल बुझाउन, Two Wheel Touring को अवधारणा विकास गर्न, युवाहरूको साहस, सिर्जना र सकारात्मकता विकास गर्न, प्रोडक्टहरूलाई व्यवसायिक प्रमोसन गर्न, मोटरसाइकलसँग युवा र म्युजिकको संयोजन गर्न, इभेन्टमार्फत सडक दुघटना पीडितको काल्याणकारी कोष तयार गर्न र स्टोरी टेलिङमार्फत आ–आफ्नो भावना, कला र क्षमता प्रस्तुत गर्ने विश्वास भएको बाइकहोलिक नेपालका संस्थापक तथा प्रमुख अश्विन श्रेष्ठ (जिवोन) ले बताए ।
ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल -याली ‘ट्रायम्फ लिगेसी...
बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...
बाइकमा सिंगल स्ट्रोक र डबल स्ट्रोक गरी २ प्रकारको इन्जिन हुन्छ । यी दुवै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...