अमेरिकामा पावरफुल बाइक राइड गर्दै सद्गुरु, सधै चर्चामा सद्गुरुको बाइक राइडिङ कला


सद्गुरु एक आध्यात्मिक गुरु मात्र होइन, एक सौखिन बाइक राइडर समेत हुन् । यसकारण सधै उनको चर्चा हुने गर्छ । सद्गुरुलाई कैयौ पटक बाइक राइड गरेको देखिएको छ । उनले पहिला पनि पावरफुल बाइक राइड गरिसकेका छन् । उनले कावेरी नदी संरक्षण अभियानको लागि होन्डा भीएफआरएक्स बाइकमा भारतको केही क्षेत्रमा राइड गरेका थिए ।

सद्गुरु हाल केही दिनको लागि अमेरिकामा बस्दै आइरहेका छन् । उनले त्यहाँ पनि बाइक राइड गरेको देखिएको थियो । वास्तवमा सद्गुरु आध्यात्मिक अमेरिकाको खोज अभियानको प्रतिनिधित्व गर्दै छन् । सो अभियानको लागि उनले अमेरिकामा १६ हजार किलोमिटरको यात्रा गर्नेछन् । सो यात्रामा उनले बाइक र कार दुबैको प्रयोग गरेका छन् ।

अमेरिकाको यात्राको समयमा उनले प्रसिद्ध हलिउड एक्टर विल स्मिथले प्रदान गरेको बीएमडब्ल्यु १६०० जीटी बाइक राइड गरेका थिए । सो बाइक भारी हुनुका साथै निकै पावरफुल पनि रहेको छ । सो बाइकको तौल ३५० किलोग्राम रहेको छ र यसमा १६०० सीसीको इन्जिन समावेश गरिएको छ ।

बीएमडब्ल्यु १६०० जीटी बाइक विशेषगरी क्रुजिङको लागि तयार गरिएको हो । बढी तौल भएको कारणले गर्दा सो बाइक हाइवेमा अधिक स्पिडमा पनि नियन्त्रित रहन्छ । सो बाइकको टप स्पिड २०० किलोमिटर प्रति घन्टा रहेको छ ।

सो बाइकमा १६०० सीसीको इलेक्ट्रोनिक इन्जेकटेड १.६ लिटर, ६ सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले १६० बीएचपीको पावर र १७४ न्युटन मिटर टर्क प्रदान गर्छ । बाइकको फ्रन्टमा ड्युअल फ्लोटिङ डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेक समावेश छ ।

सद्गुरुले अमेरिकामा जावा ४२ र बीएमडब्ल्यु आर १२०० जीएस बाइक पनि राइड गरेका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...