कार भन्दा बढी पावरफुल भएको नयाँ स्पोर्टस् बाइक सार्वजनिक

बीएमडब्ल्यु मोटराडले अन्तर्राष्ट्रिय बजारमा नयाँ स्पोर्ट्स टुरर बाइक आर १२५० आरएस लन्च गरेको छ । सो बाइकले कावासाकी निन्जा १००० एसएक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बीएमडब्ल्युको सो नयाँ बाइकमा डायनामिक ट्रयाक्सन कन्ट्रोल, एबीएस प्रो र डायनामिक ब्रेक कन्ट्रोल जस्ता फिचर स्ट्यान्डर्डको रुपमा समावेश गरिएको छ । बाइकमा नयाँ एलईडी टर्न इन्डिकेटर, नयाँ आइस ग्रे पेन्ट र अप्सनल स्टाइल ट्रिपल ब्ल्याक देख्न सकिन्छ ।

सो बाइकमा १२५४ सीसीको एयर लिक्विड कुल्ड २ सिलिन्डर बक्सर इन्जिन समावेश गरिएको छ, जसले ७७५० आरपीएममा १३६ एचपी र ६२५० आरपीएममा १४३ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा बीएमडब्ल्युको सिफ्टकेम प्रविधिको प्रयोग गरिएको छ ।

बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । यसमा भएको साफ्ट ड्राइभको माध्यमबाट पावर पछाडिको टायरमा ट्रान्सफर हुन्छ । साथै बाइकमा रेन, इको र रोड गरी ३ राइडिङ मोड रहेको छ ।

सो बाइकमा एड्जस्टेबल विन्डस्क्रिन, हिल स्टार्ट कन्ट्रोल, एलईडी लाइटिङ, टीएफटी स्क्रिन, १२भी एक्सेसरी सकेट, रोटरी मल्टि कन्ट्रोलर, एड्जस्टेबल ह्यान्ड–ब्रेक र क्लच लिभर तथा स्टेयरिङ स्ट्याबिलाइजर जस्ता फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

८०० किमी रेन्ज दिने बीएमडब्ल्यु आई३ ईभी अर्को वर्ष विश्व बजारमा लन्च हुने

८०० किमी रेन्ज दिने बीएमडब्ल्यु आई३ ईभी अर्को वर्ष विश्व बजारमा लन्च हुने

बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

भारतमा बनेको मर्सिडिज बेन्ज एस–क्लास ५ दिनपछि सार्बजनिक हुने

भारतमा बनेको मर्सिडिज बेन्ज एस–क्लास ५ दिनपछि सार्बजनिक हुने

एक बर्ष अघि भारत भित्रिएको मर्सिडिज बेन्जको एस–क्लास सेडान अन्तत भारतमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...