बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भ्यालेन्टाइन डे सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको पहिलो दिन प्रपोज डे र दोस्रो दिन रोज डे रहेको छ । भ्यालेन्टाइन डेको तेस्रो दिन चकलेट डे रहेको छ । सोही अवसरमा इन्स्टाग्राममा चकलेटबाट बनेको बाइक निकै भाइरल भइरहेको छ ।
सोशल मिडियामा अमार्य नामका एक युजरले चकलेटबाट बनेको बाइक पोस्ट गरेका थिए । जसलाई उनले आफ्नो न्युजफिडमा शेयर गरेका थिए । सो भिडियोमा बाइकको पार्ट्स बनाउनको लागि चकलेटको प्रयोग गरेका थिए । उनले यसलाई धेरै रङबाट तयार पारेका थिए । सो बाइकको ह्यान्डलबार, सिलिन्डर हेड्स, इन्जिन केसिङ, हेडलाइट्स, ह्वील स्पोक्स आदि सबै चकलेटबाट बनाइएको थियो ।
उक्त भिडियो अहिलेसम्म २ करोड ५० लाख भन्दा धेरैले हेरिसकेका छन् । साथै ११ हजारले यसको बारेमा कमेन्ट गरेका छन् । उक्त भिडियो १ फेब्रुअरीमा पोस्ट गरिएको थियो । सो भिडियोको क्याप्सनमा उनले बाइकको टायर बनाउन सबैभन्दा बढी आनन्द आएको बताएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...