लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका छौ । यो अवस्थामा बाइकका विभिन्न पार्ट्स समेत त्यत्तिकै बसिरहेका छन् ।

तर बाइकलाई यो समयमा केही हलचल गराउने र स्टार्ट गरेर केही समय राख्ने गर्नुपर्छ । यो अवस्थामा अन्य पार्ट्स जस्तै बाइकको चेनमा पनि केही खराबी आउन सक्छ । यो अवस्थामा चेनको सफाइमा विशेष ध्यान दिनु आवश्यक छ ।

चेन सफा राख्नको लागि तपाईलाई कुनै मेकानिक्सकोमा जानु आवश्यकता छैन, तपाईं घरमै बसी चेन सफा राख्न सक्नुहुन्छ । यसका लागि केही जानकारी भने हुनु आवश्यक छ ।

चेन सफा गर्न सही समय
बाइक ६०० देखि ७०० किलोमिटर गुडे पछि चेन पनि सफा गर्नु राम्रो मानिन्छ । यसरी सफा गर्नाले बाइकको परफरमेन्समा पनि केही सुधार आउँछ ।

विशेषज्ञहरुको भनाइ अनुसार हरेक ८०० किलोमिटर गुडिसके पछि अनिवार्य रुपमा बाइकको चेन सफा गर्नु पर्छ ।

ध्यान दिऔं यी कुरामा
चेनको सफाई सफा ठाउँमा गर्नु पर्छ । इन्जिन आयलले चेन सफा गर्नु हुँदैन । चेनको सफाईको लागि पानीको प्रयोग गर्नु हुँदैन । त्यसैगरी बाइक स्टार्ट गरेर चेनको सफाई गर्नु हुँदैन । यसले चोट लाग्ने डर हुन्छ ।

चेन सफा गर्ने सही तरिका
चेन सफा गर्नको लागि Chain Cleaning Agent (WD-40) वा मट्टितेलको प्रयोग गर्नु पर्छ । यसको साथै राम्रो चेन क्लिनिङ ब्रश र चेन ल्युब स्प्रे पनि साथमा राख्नु पर्छ । फोहोर सफा गर्नको लागि पनि राम्रो कपडा साथमा राख्नु पर्छ ।

चेन गार्ड खोलेर चेन क्लिनिङ एजेन्ट वा मट्टितेल चेनमा छर्किने र स्प्रेको मदतले चेनमा लागेको फोहोर वा हिलो सफा गर्नु पर्छ ।

त्यसपछि ब्रशको मदतले चेनलाई अझ राम्ररी सफा गर्न सकिन्छ । राम्ररी सफा भईसकेपछि चेनलाई फेरि WD-40 स्प्रे गर्नु र राम्रो कपडाले सफा राख्नु पर्छ । चेन सफा भइसकेपछि बाइक फस्ट गियरमा स्टार्ट गरि करिब १ मिनेट राख्नु पर्छ । अन्त्यमा चेन ल्युबको मदतले चेन ठीक तरिकाले सफा गर्नु पर्छ ।

हरेक २० हजार किलोमिटरमा चेन सेट परिवर्तन
समय समयमा चेनको सरसफाईले चेन सेटको लाइफ त बढ्छ नै तर यसको पनि निश्चित समय हुन्छ । विशेषज्ञहरुका अनुसार करिव २० हजार किलोमिटर बाइक गुडिसके पछि बाइकको चेन सेट परिवर्तन गर्नु पर्छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्

स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्

आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट...

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स

जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स

अत्याधिक चिसो र बाक्लो कुहिरोका बीचमा स्कुटर र बाइक चालकले धेरै समस्या...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...