निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना हुने

काठमाडौं – अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमति विना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

यो भन्दा पहिले ट्राफिक प्रहरीले बाटोमा हिड्ने बटुवा तथा विभिन्न सवारी साधनलाई विभिन्न प्रकारका जरिवाना गर्दै आएको थियो । यसको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले त्यसरी जरिवाना वा होल्ड नगराउन आदेश दिएको थियो । यसले गर्दा कानुन उल्लंघन भएको अदालतको भनाइ थियो ।

अब भने सरकारले निषेधाज्ञाको समयमा कानुन उल्लंघन गर्नेका लागि विभिन्न प्रकारका जरिवाना गराउन सक्ने भएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ...

यी सवारी साधनलाई जोर विजोर प्रणाली लागू नहुने

यी सवारी साधनलाई जोर विजोर प्रणाली लागू नहुने

काठमाडौं – काठमाडौं उपत्यकामा आज रातीदेखि जोर विजोर प्रणाली अनुसार सवारी...

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

काठमाडौं – उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...