नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमले पाउने भए टीभीएस एन्टर्क स्कुटर

काठमाडौं - जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित ४५ दिन लामो ईस्पोटर्स प्रतियोगिता मंगलबार सकिएको हो ।

प्रतियोगितामा देशभरका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएको थियो । 

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न एउटा कर्पोरेट कम्पनीले उठाएको ठूलो कदम भएको बताए ।

जुन १, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १६ सम्म चलेको थियो । जसअन्तर्गत फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल भएका थिए ।

जसलाई तीन समूहमा विभाजन गरिएको थियो । क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनलको रुपमा खेलाइएको प्रतियोगिता सबै भर्चुअल रुपमा आयोजना गरिएका थिए ।

फरक फरक स्तरका टोली सहभागी यो प्रतियोगितामा तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क सुपर क्वाड मार्बल थिम्स एडिसन स्कुटरका तीन सिरिज जित्न सफल भए । जसमा प्ले विथ प्रपोज (पीडब्लूपी ईस्पोर्टस्), डेडआइज् गाइज् (डीई) र द रियल सोल्जर (डीआरएस) रहेका छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...

यस्तो छ ५ भिन्न भेरियन्टमा उपलब्ध टिभिएस १६० ४भी को मूल्य, पावर र फिचर्स

यस्तो छ ५ भिन्न भेरियन्टमा उपलब्ध टिभिएस १६० ४भी को मूल्य, पावर र फिचर्स

टिभिएसको अपाचे सिरिज बिशेषगरी युवा राइडरले बढी मात्रामा रुचाएको बाइक हो ।...

एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको दमदार सफलता

एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको दमदार सफलता

काठमाडौ – भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न टीभीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...