बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...
काठमाडौं - जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित ४५ दिन लामो ईस्पोटर्स प्रतियोगिता मंगलबार सकिएको हो ।
प्रतियोगितामा देशभरका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्याउन यो प्रतियोगितालाई साथ दिएको थियो ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न एउटा कर्पोरेट कम्पनीले उठाएको ठूलो कदम भएको बताए ।
जुन १, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १६ सम्म चलेको थियो । जसअन्तर्गत फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल भएका थिए ।
जसलाई तीन समूहमा विभाजन गरिएको थियो । क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनलको रुपमा खेलाइएको प्रतियोगिता सबै भर्चुअल रुपमा आयोजना गरिएका थिए ।
फरक फरक स्तरका टोली सहभागी यो प्रतियोगितामा तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क सुपर क्वाड मार्बल थिम्स एडिसन स्कुटरका तीन सिरिज जित्न सफल भए । जसमा प्ले विथ प्रपोज (पीडब्लूपी ईस्पोर्टस्), डेडआइज् गाइज् (डीई) र द रियल सोल्जर (डीआरएस) रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...
ललितपुर– ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरुम विस्तार भएको छ ।...
काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...