भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता दिपेश तामाङ बनेका छन् । त्यसैगरी विशाल दोर्जे तामाङले दोस्रो र कुशल दुलालले तेस्रो स्थान हासिल गरेका छन् ।

राइडरहरुले ५ सय मिटरको फ्ल्याट ट्रयाकमा बाइक कुदाएका थिए । सबैभन्दा कम समयमा बाइक कुदाउने प्रतियोगीलाई अन्य विभिन्न आधारमा समेत विजयी घोषित गरिएको हो ।

विजेताहरुलाई बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसाल र वागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीद्वारा पुरस्कार, शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरियो ।

सो प्रतियोगिताको उदघाटन नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल तथा बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले गरेका थिए ।

मोटर स्पोर्टस नेपाल क्लब र बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सो प्रतियोगिता भएको थियो । यसका लागि आवश्यक मार्सलिङ र प्राविधिक सबै कार्यको संयोजन मोटर स्पोर्ट्स नेपाल क्लबले गरेको थियो ।

चितवनमा हाल चलिरहेको अन्तर प्रदेश खेलकुद प्रतियोगितालाई सफल बनाउन र भिजिट भरतपुरको प्रवद्र्धन गर्नका लागि समेत यो प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।

सम्बन्धित समाचारहरू

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...

नासा नेपालद्वारा हेल्मेट कानुन तथा मापदण्ड सम्बन्धी नीतिगत संवाद सम्पन्न

नासा नेपालद्वारा हेल्मेट कानुन तथा मापदण्ड सम्बन्धी नीतिगत संवाद सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...