बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतको आफ्नै ‘कार एसेस्मेन्ट प्रोग्राम’ भारत एनक्याप डिसेम्वर १५ देखी सुरु हुने भएको छ । यसअघि अक्टोवर १ बाट सुरु हुने भनिएको सो प्रोग्राम विबिध कारणले गर्दा पर सरेको हो । भारतमा उत्पादन हुने कारको सेफ्टि टेष्ट गर्ने उद्देश्यले सञ्चालन हुन लागेको सो प्रोग्राममा सबैभन्दा पहिले टाटा ह्यारियर र सफारी एसयूभीको परिक्षण गरिने अनुमान गरिएको छ ।
सो प्रोग्राममा भाग लिन हालसम्म मारुती, हुन्डाई र महिन्द्राले नाम दर्ता गराएका छन् । जसमा मारुती सुजुकीको ३ वटा , हुन्डाईको ३ वटा र महिन्द्राको ४ वटा मोडल मानेनित भएका छन् । रेनो, फक्सवागन र स्कोडाले भने हालसम्म नाम दर्ता गराएका छैनन् ।
ग्लोवल एनक्यापकै मापदण्डमा रहेर गरिने सो परिक्षणका लागि मनोनित भएका हरेक मोडलबाट तीनवटा वेस भेरिएन्ट लिइनेछ । जसको फ्रन्टल इम्प्याक्ट, साइड इम्प्याक्ट, साइड पोल इम्प्याक्ट, इलेक्ट्रोनिक स्ट्याविलिट कन्ट्रोलको मूल्यांकन र सडक छेउमा हिड्न पैदलयात्रु मैत्री विशेषता सहित विभिन्न ५ चरणमा परिक्षण गरिनेछ ।
यसरी परिक्षण गरेर पाएको अंकको आधारमा सो कार एडल्ट अकुपेन्ट र चाइल्ड अकुपेन्टका लागी कत्तिको सुरक्षित छ भनेर रेटिङ गरिनेछ । सबैभन्दा राम्रो स्कोर पाउनेले ५ स्टारसम्म रेटिङ पाउनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...