बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा
बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने...
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको टिकापुरस्थित डिलर जैमिनी अटोमोबाइल्स प्रालिले बजाज प्लाटिना बाइकको माइलेज कन्टेस्ट आयोजना ग¥यो । यसको पहिलो विजेता टपेन्द्र कुँवरले चलाएको प्लाटिनाले ९५ किलोमिटर माइलेज दिएको घोषणा गरियो । दोस्रो विजेता ऋषभ शाहुले चलाएको बाइकले ९१ र तेस्रो विजेता मोहन गौतमले चलाएको बाइकले ९० किलोमिटर माइलेज दिएको घोषणा गरियो ।
बजाज प्लाटिना बजाजको नेपालमा उपलब्ध कम सीसी क्षमता र सबैभन्दा कम मूल्यको बाइक हो । यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध प्लाटिना १०० ईएस अधिकतम इन्धन किफायतीपना हुने गरी डिजाइन गरिएको छ । यसमा अलोय ह्विल, सोलिड बिल्ड, एसएनएस सस्पेन्सन र पुस बटन इलेक्ट्रिक स्टार्ट जस्ता प्रविधि समेत जडान गरिएको छ ।
यो बाइकमा भएको १०२ सीसी इन्जिनले ८.०२ पीएस पावर र ८.०६ एनएम टर्क जेनेरेट गर्छ । ११.५ लिटरको इन्धन ट्यांकी भएको यो बाइकको कर्व वेट १०८ किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
डिजाइन र स्टाइलिङ
बजाज प्लाटिना ईएस इन्ट्री लेवलको बाइक भएर पनि यसमा इलेक्ट्रिक स्टार्ट सिस्टम उपलब्ध छ । ग्राफिक टिन्टेड फेडप्रुफ बडी, स्लिक रियर प्यानल र क्रोम हिट शिल्ड सहितको ब्ल्याक साइलेन्सरले यसको डिजाइन र स्टाइललाई थप आकर्षक बनाएको छ ।
एक्जस्टेक सहितको सिंगल सिलिन्डर टु भल्व डीटीएसआई इन्जिन
यसमा डीटीएसआई प्रविधिको सिंगल सलिन्डर टु भल्व इन्जिन छ । बजाजले प्याटेन्ट प्राप्त गरेको यो प्रविधिको इन्जिनका कारण माइनस ५ देखि ५० डिग्री सम्म जुनसुकै मौसममा पनि यो बाइकलाई चलाउन सकिन्छ । यी सबै अवस्थामा सो इन्जिनले उही पावर र माइलेज दिन्छ ।
एसएनएस रियर सस्पेन्सन सहितको हाइड्रोलिक टेलिस्कोपिक फोर्क
यसमा भएका यी प्रविधिका कारण कठिन सडकमा पनि सहज तरिकाले यात्रा गर्न सकिन्छ । लामो दुरीको यात्रामा पनि यसलाई चलाउन सहज हुन्छ ।
फ्रन्ट र रियर ड्रम ब्रेक
यो बाइकको दुवै पांग्रामा ११० एमएमका ड्रम ब्रेक रहेका छन् । यसका कारण सबै राइडिङ कन्डिसनमा बाइकलाई नियन्त्रणमा लिन सकिन्छ ।
१२ भोल्ट डीसी हेडल्याम्प
यो बाइकमा भएको ब्लु–टिङ्ग्ड हेडल्याम्पका कारण रातको समयमा क्लियर भिजिबिलिटी प्रदान गर्छ र यात्रा सुरक्षित हुन्छ ।
पेट्रोलको मूल्य महंगो भइरहेको समयमा इन्धन किफायतीपना भएका यस्ता बाइक चढ्नु निकै नै फाइदाजनक हुन्छ । बजाज प्लाटिना त्यस्तै बाइक मध्ये एक हो ।
बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने...
बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक...
बजाज अटोले आफ्नो नयाँ कम्युटर बाइक पल्सर एन १२५ मा काम गरिरहेको छ । सो बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...