आन्तरिक बजारमा खपत कम भएपनि निर्यातमा अगाडी देखिए यी कार, हुन्डाई भर्ना बन्यो भारतबाट सर्बाधिक निर्यात हुने कार

भारत लगायत दक्षिण पूर्बी एसियाली देशका अधिकांश बजारमा अहिले एसयुभी सेग्मेन्टका कारको लहर छाएको छ । अझ भनौ यी देशको अटो बजारमा एसयुभी सेग्मेन्टले एकछत्र बजार लिइरहेको छ । बिश्वको पाँचौ ठूलो अटो बजार भारतमा समेत एसयुभीको तुलनामा सेडान र अन्य सेग्मेन्टका कारको बिक्री क्रमिक रुपमा घट्दै गैरहेको छ । जसका कारण बिश्वका प्रायजसो सबै ब्रान्डले उत्पादन थालेको भारतमा अहिले सम्पूर्ण उत्पादक कम्पनी एसयुभी केन्द्रित देखिन्छन् । भारतको आन्तरिक खपतमा सेडान सेग्मेन्टले खासै बजाल लिन नसकेपनि निर्यातमा भने यो सेग्मेन्टले एसयुभीलाई समेत पछि पारेको पाइएको छ ।

अघिल्लो महिना अर्थात सेप्टेम्बरमा भारतबाट सर्बाधिक बढी निर्यात हुने कारको पहिलो सुचीमा हुन्डाई भर्नाले बाजी मारेको छ । उक्त महिना कुल ४ हजार ४ सय ४ युनिट भर्ना भारतबाट निर्यात भएका हुन् । अघिल्लो बर्षको सोही महिनामा जम्मा कुल २ हजार ८ सय ५ युनिटमात्र भर्ना निर्यात भएकोमो यो बर्षको सोही महिनामा ६४ प्रतिशतले बढी निर्यात भएको हो । भर्ना नेपाली बजारमा समेत उपलब्ध भएपनि यो खासै बिक्री हुने मोडलमा पर्दैन ।

त्यसैगरी उक्त महिना निर्यात हुने दोस्रो सर्बाधिक कारको सुचीमा मारुती सुजुकी डिजायर परेको छ । डिजायरको कुल ४ हजार २ सय ७७ युनिट निर्यात भएको हो । जुन अघिल्लो बर्षको सोही महिनामा निर्यात भएको कुल ९ सय ४१ युनिटको तुलनमा ३ सय ५४ प्रतिशतले बढी हो । नेपाल भित्रिएको केहि बर्षसम्म निकै राम्रो काराबोर गरेपनि पछिल्लो समय भने डिजायरको बिक्री नेपाली बजारमा नगन्य मात्रामा हुने गरेको छ ।

निर्यातको तेस्रो सुचीमा निशान सन्नि परेको छ । कुल ३ हजार ८ सय ९१ युनिट निर्यात भएको यो कार अघिल्लो बर्षको सोही महिनामा एक युनिट पनि निर्यात हुन सकेको थिएन । माग नै हुन छाडेपनि हाल यो कारलाई आधिकारिक बितरक पायोनियर मोटो कर्पले आयत गर्ननै छाडिसकेको छ ।

यो सुचीको चौथो स्थानमा पर्न सफल सुजुकी बोलेनो कुल ३ हजार २ सय ३१ युनिट निर्यात भएको छ । अघिल्लो बर्षको सोही महिनामा कुल २ हजार २ सय ८५ युनिट बोलेनो निर्यात गरिएकोमा यो ४१ प्रतिशतले बढी हो । सब फोर मिटर एसयुभीको प्रभाब बढेसंगै बोलेनोको नेपाली बजार समेत प्रभाबित बन्दै गएको छ ।

भारत र नेपाल दुबै देशमा सर्बाधिक बिक्रि हुने मिड साइज एसयुभी क्रेटा निर्यातका हिसावले भने पाँचौ स्थानमा रहेको छ । यो अबधिमा क्रेटा २ हजार ८ सय ७९ युनिटमात्र निर्यात भएको छ । जुन अघिल्लो बर्षसको सोही महिना निर्यात भएको २ हजार ७ सय १२ युनिटको तुलनामा जम्मा ६ प्रतिशतलेमात्र बढी हो ।

सुचीको छैठौ स्थानमा फक्सवागन भेन्टो, सातौमा होन्डा सिटी, आठौंमा रेनो क्विड, नवौंमा किया सेल्टोस र १० औं स्थानमा हुन्डाई आई१० नियोस सामेल छन् । जसमध्ये सेडान सेग्मेन्टको सिटी र भेन्टोको बजार नेपालमा राम्रो रहेको पाइदैन । अन्य कारहरु क्विड, सेल्टोस र आई१० नियोस भने राम्रै संख्यामा बिक्री भैरहेका छन् ।

सम्बन्धित समाचारहरू

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

हुन्डाईले आफ्नै ईभी ब्याट्री विकास र निर्माण गर्न नयाँ डेडिकेटेड प्लान्ट...

पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा

पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा

ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने,...

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड १० नियोस फेसलिफ्टको चार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...