उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

काठमाडौं – सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १ हजार २ सय भन्दा बढी मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

टाटा मोटर्सका सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मत सम्भार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको कम्पनीको भनाइ छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउदै पनि आएको छ ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनले बताए ।

३०० भन्दा बढी मेकानिक्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए । सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने पनि उनले बताए । कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले पनि सम्बोधन गरेका थिए । टाटा मोटर्सका तर्फबाट इन्टरनेसनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागी मेकानिक्सहरुले टाटा मोटर्सले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको कुरा बताए ।

सम्बन्धित समाचारहरू

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा...

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...