बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को लागि ‘नयाँ सफर धमाकेदार अफर’ योजना ल्याएको छ। नयाँ वर्ष २०८० को अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०/८१ को वार्षिक सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जानकारी दिएको छ।

यस अफरबाट तीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यसमा ३५ हजार नगद छुट पाइनेछ। साथै, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट निशुल्क पाइने कम्पनीले जनाएको छ।

बेनेली नेपालले विभिन्न सात मोडलका बाइकहरु बिक्री गर्दै आइरहेको छ। जसमा टीएनटी १५ कम्प्युटरबाट चेक गर्न सकिने फिचर भएको बाइक हो। टीएनटी १५० आईमा राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोर्क्स र इएफआई सिष्टम उपलब्ध छ।

यस्तै, १८० एस र टीएनटी २५१ ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहसिक यात्राको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। ३०१एस विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ।

यी मोडलहरुको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ। कम्पनीले यी मोटरसाइकल अहिले नेपालमा नै एसेम्बल गरी बिक्री गरिरहेको छ। टीएनटी ६०० आई मोटरसाइकल चार सिलिण्डरयुक्त छ। ७२५ एस मा बढी पावरयुक्त इञ्जिनको क्षमता छ। यो महंगो बाइकहरुमा पर्छ।

सम्बन्धित समाचारहरू

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...

सेफ्टी र राइडिङ प्यासन बेनेली बाइकको प्रमुख बिशेषता हो

सेफ्टी र राइडिङ प्यासन बेनेली बाइकको प्रमुख बिशेषता हो

नेपालमा बेनेली बाइकको बजार र यसको विशेषता वारेमा बेनेलीको नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...