बेनेली मोटरसाइकल बिक्रेता टिममा अब पञ्चकन्या, फिसटेल, गोल्छा र सारडा ग्रुप

काठमाडौं – नेपाली बजारमा बेनेली मोटरसाइकल बिक्री–वितरण गर्दै आएको केटीएम इन्टरनेसनल ट्रेडिङ अन्तर्गत अब नयाँ ग्रुप समेत सामेल हुने भएका छन् । आज बेनेलीको नयाँ स्कुटर प्यानेरिया १२५ सार्वजनिक कार्यक्रममा यसको समेत घोषणा गरिएको छ ।

अब सो टिममा पञ्चकन्या ग्रुप, फिसटेल ग्रुप, गोल्छा ग्रुप र सारडा ग्रुप सामेल भएका छन् । यी ग्रुपको तर्फबाट क्रमशः उदीप श्रेष्ठ, विकास राणा, आकाश गोल्छा र सन्दीप सारडाले आज सो स्कुटर सार्वजनिक गरे ।

सन् २०१६ मा पहिलो पटक उदीप श्रेष्ठ र अभिनव शमशेर जवराको पहलमा केटीएम इन्टरनेसनलमार्फत नेपालमा पहिलो पटक बेनेली मोटरसाइकल भित्रिएको थियो । यो भन्दा पहिले नै उनीहरुले डुकाटी ब्रान्डका मोटरसाइकल बिक्री गर्थे । डुकाटी अलि महंगो ब्रान्ड हो । त्यसैले सबैले चढ्न सक्ने गरी प्रिमियम मोटरसाइकल उपलब्ध गराउने उद्देश्यले त्यो समयमा बेनेली ब्रान्ड भित्र्याएको श्रेष्ठले बताए ।

५ वर्षको अवधिमा बेनेली ब्रान्डलाई धेरैले चिनेका छन् । यो निरन्तर रुपमा विकसित हुँदै गएको ब्रान्ड बनेको छ । हाल बेनेलीका टीएनटी ३०० सबैभन्दा धेरै रुचाइएको ब्रान्ड हो । यसमा भएको प्यारालल ट्विन इन्जिन विशेष महत्वपूर्ण छ । नेपाली बजारमा १५० देखि ७१० सीसी सम्मका मोटरसाइकल पहिले देखि नै बिक्री्का लागि उपलब्ध छन् । नेपाली बजारमा टुरिङ, स्क्र्याम्बलर र अन्य सबै सेगमेन्टका मोटरसाइकल उपलब्ध भएकोमा अब स्कुटर सेगमेन्ट समेत भित्र्याएको बताएको छ ।

हाल केटीएम इन्टरनेसनलका देशभर २५ डिलर रहेकोमा यो वर्ष यसलाई बढाएर ५० पु¥याउने योजना रहेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

बेनेली बाइक किन्दा थाइल्याण्ड भ्रमणको अवसर

बेनेली बाइक किन्दा थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं– बेनेली बाइक खरिदमा थाइल्याण्ड घुम्न जान पाइने भएको छ । नेपालका...

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

भारतीय कम्पनी ई–मोटार्डका ड्युअल सस्पेन्सनयुक्त विद्युतीय साइकल अब नेपाली बजारमा

भारतीय कम्पनी ई–मोटार्डका ड्युअल सस्पेन्सनयुक्त विद्युतीय साइकल अब नेपाली बजारमा

भारतीय कम्पनी ई–मोटार्डका विद्युतीय साइकल नेपाली बजारमा भित्रिएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...