नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । आज आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ ।

इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ ।

यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन् ।

यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सहज तरिकाले पाउन सकिन्छ ।

प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बेनेलीले सन् १९७० पश्चात पहिलो पटक यस प्रकारको रेट्रो स्कुटर बजारमा ल्याएको र नेपालमा समेत भित्रिएको हो । सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले यो कम्पनीको स्थापना गरेको थियो । त्यस यता सबै राइडरलाई लक्ष्यित गरी विभिन्न सेगमेन्टका मोटरसाइकल र स्कुटर कम्पनीले उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...

बेनेलीको दसैं फिएस्टा अफर : तीन पटक सम्मको छुट अफर उपलब्ध हुने

बेनेलीको दसैं फिएस्टा अफर : तीन पटक सम्मको छुट अफर उपलब्ध हुने

काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...