नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार

काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

बेनेली ७५२ एसमा ७५० सीसी लिक्विडकुल्ड, ट्विन सिलिन्डर इन्जिन रहेको छ, जसले ८५०० आरपीएमा ७६ एचपी पावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । सामान्य ह्याचब्याक कार भन्दा यो बाइकको क्षमता धेरै छ ।

यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । त्यसैगरी यसको फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा डबल पिस्टन फ्लोटिङ क्यालिपर सहित २६० एमएमको ब्रेक रहेको छ । बाइकमा यसमा १७ इन्चको आल्मुनियम अलोय रिम र १७ इन्चको टायर छ । यसमा १४ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

बाइकमा भएको टीएफटी डिस्प्लेमा अटोमेटिक रुपमा डे र नाइट मोड चेन्ज हुन्छ । यी वाहेक एलईडी हेडल्याम्प र एबीएस जस्ता फिचर पनि यसमा रहेका छन् । सुरक्षाका लागि बाइकमा ब्रेम्बो ब्रेकिङ सिस्टम छ ।

यो बाइक ह्वाइट, रेड, ब्ल्याक र ग्रिन गरी चार कलरमा उपलब्ध हुनेछ । यसको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा बेनेली प्यानेरिया स्कुटरको एक वर्ष पुरा : उही मूल्यमै उपलब्ध

नेपालमा बेनेली प्यानेरिया स्कुटरको एक वर्ष पुरा : उही मूल्यमै उपलब्ध

काठमाडौं – नेपाली बजारमा बेनेलीको नियो रेट्रो स्कुटर ‘प्यानेरिया’...

इटालिका मोटोको एउटै मोटरसाइकलमा बढ्यो ७० हजार रुपैयाँसम्मले मूल्य

इटालिका मोटोको एउटै मोटरसाइकलमा बढ्यो ७० हजार रुपैयाँसम्मले मूल्य

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागी आधिकारिक बितरक क्लासिक ह्विल्स...

नेपाल भित्रियो होन्डाको बीएस६ डियो, यस्तो छ मूल्य र विशेषता

नेपाल भित्रियो होन्डाको बीएस६ डियो, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा बीएस६ इन्जिनयुक्त होन्डा डियो स्कुटर भित्रिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...