ब्रम्बी ईभी किन्दा ब्याज नै नलाग्ने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक मानिने बीएडब्लु ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने भएको छ । नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले सो अफर सो अफर ल्याएको हो ।

एलआरआर मोटर्सले शून्य प्रतिशत ब्याजदरमा सो अफर ल्याएको सार्वजनिक गरेको छ । यस अनुसार पहिलो वर्ष कुनै ब्याज नै तिर्नु पर्दैन । ‘पहिलो वर्षको ब्याज नै कम्पनीले तिरिदिने छ । धेरैलाई चासो हुने विषय भएकाले हामीले यो अफर ल्याएको हौ ।’ एलआरआर मोटर्स स्रोतले भन्यो ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

यो गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

एक्सपेङ जी६ ईभी अब पोखरामा, अटो वेज बन्यो डिलर

एक्सपेङ जी६ ईभी अब पोखरामा, अटो वेज बन्यो डिलर

पोखरा – एक्सपेङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...

इलेक्ट्रिक स्कुटरमा अफर : घरैबाट एसएमएस पठाउँदा १ लाख जित्न सकिने

इलेक्ट्रिक स्कुटरमा अफर : घरैबाट एसएमएस पठाउँदा १ लाख जित्न सकिने

काठमाडौं – नेपालमा विगत ३१ वर्ष देखि विभिन्न प्रतिष्ठित ब्रान्ड...

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...