ब्रम्बी ईभी किन्दा ब्याज नै नलाग्ने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक मानिने बीएडब्लु ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने भएको छ । नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले सो अफर सो अफर ल्याएको हो ।

एलआरआर मोटर्सले शून्य प्रतिशत ब्याजदरमा सो अफर ल्याएको सार्वजनिक गरेको छ । यस अनुसार पहिलो वर्ष कुनै ब्याज नै तिर्नु पर्दैन । ‘पहिलो वर्षको ब्याज नै कम्पनीले तिरिदिने छ । धेरैलाई चासो हुने विषय भएकाले हामीले यो अफर ल्याएको हौ ।’ एलआरआर मोटर्स स्रोतले भन्यो ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

यो गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

ठूलो फ्लोरबोर्ड, ठूलो सिट र शक्तिशाली रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्दै एथर इनर्जी

ठूलो फ्लोरबोर्ड, ठूलो सिट र शक्तिशाली रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्दै एथर इनर्जी

एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल ६ मा लन्च गर्ने...

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय...

चीनमा चार्जिङ युनिटको संख्या १ करोड ६७ लाख पुग्यो, मासिक विद्युत खपत कति ?

चीनमा चार्जिङ युनिटको संख्या १ करोड ६७ लाख पुग्यो, मासिक विद्युत खपत कति ?

विश्वको सबैभन्दा ठूलो अटो बजार चीनले पछिल्लो समय विद्युतीय कार(ईभी) को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...