सवारी साधनमा प्रयोग हुने ब्याट्रीको प्रकार, नयाँ प्रविधिका ब्याट्रीको माग उच्च

सामान्यतः ब्याट्रीलाई यसको प्रयोगका आधारमा अटोमोटिभ र औद्योगिक गरी दुई सेगमेन्टमा विभाजन गर्ने गरिन्छ । अटोमोटिभमा पनि मोटरसाइकल ब्याट्रीको वर्गीकरण छुट्टै हुने गरेको छ । त्यस्तै औद्योगिक ब्याट्रीलाई पनि ट्युबलर र सोलार गरी भिन्न दुई भागमा विभाजन गरिँदै आएको छ । नेपालमा अटोमोटिभ र मोटरसाइकल दुवै ब्याट्रीको बजार विस्तार हँुदै गएको छ ।

बजार बिस्तार हुँदै जाने क्रममा पछिल्लो समय नयाँ प्रबिधीका ब्याट्री भित्रिने क्रम समेत बढिरहेको छ । केही बर्षअघिसम्म बजारमा सुख्खा यानकी ड्राई सेल ब्याट्रीको माग उच्च रहँदै आएको थियो । यस्ता ब्याट्रीमा समयसमयमा एसिड थपिरहनु पर्ने हुन्थ्यो । जुन झन्झटिलो समेत थियो ।

त्यसलाई सहज बनाउन पछि बजारमा मेन्टिनेन्स फ्रि ब्याट्री भित्रियो । अहिले यस प्रकारका ब्याट्रीले बजारमा कब्जा जमाइरहेको छ । मेन्टिनेन्स फ्रि ब्याट्रीमा कम्पनीबाटै एसिड भरिएर आउने हुनाले एसिडको समाप्तिसँगै ब्याट्रीको आयु पनि समाप्त हुन्छ । तर कतिपय मेन्टिनेन्स फ्रि भनिएका ब्याट्रीहरु सेमी मेन्टिनेन्स फ्रि पनि हुने भएकाले सामान्य समस्या आएमा प्रयोगकर्ता आफैंले खोलेर पनि मर्मत गर्न सक्छन् । कतिपय ब्याट्री भने खोल्नै नमिल्ने पनि हुन्छन् । खोलेर मर्मत गर्न नसकिने ब्याट्रीलाई सिल्ड मेन्टिनेन्स फ्रि पनि भनिन्छ ।

मेन्टिनेन्स फ्रि ब्याट्री लामो समयसम्म चल्ने र उच्च पर्फमेन्सका हिसाबले उत्तम भएका कारण ग्राहकको आकर्षण यी ब्याट्रीमा बढ्दै गएको हो । सवारीसाधनको आकार, क्षमता र सीसीअनुरुप गाडीमा विभिन्न क्षमताका ब्याट्रीको प्रयोग गर्ने गरिन्छ ।

उता मोटरसाइकलमा प्रयोग हुने ब्याट्रीमा पछिल्लो प्रविधिको भीआरएलए (भल्ब रेगुलेटेड लिड एसिड) ब्याट्रीको माग बढ्दै गएको छ । यी ब्याट्री प्राविधिक हिसाबले पनि गुणस्तरीय भएका कारण उच्च पर्फमेन्सका लागि उपयुक्त मानिन्छन् । अन्य मोटरसाइकल ब्याट्रीको तुलनामा यी ब्याट्रीको आयुसमेत लामो हुन्छ । बजारमा यस्ता ब्याट्रीको माग बढेसँगै व्यवसायीले समेत भीआरएलए ब्याट्री आयातमा जोड दिएका छन्

सम्बन्धित समाचारहरू

पोखरामा बोश नेपालको मेकानिक मिट कार्यक्रम सम्पन्न

पोखरामा बोश नेपालको मेकानिक मिट कार्यक्रम सम्पन्न

बोश नेपालको मेकानिक मिट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । बोश ब्रान्डका...

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

काठमाडौं– सवारीसाधनको खपत बढेसंगै नेपाली बजारमा पछिल्लो समय विभिन्न...

गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन मिल्ने रोजरएब एसेसरिज नेपाली बजारमा

गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन मिल्ने रोजरएब एसेसरिज नेपाली बजारमा

काठमाडौं– गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन मिल्ने नयाँ एसेसरिज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...