एथरद्वारा रिज्टा र ४५० ई–स्कुटरमा ब्याट्री सब्सक्रिप्सन योजना सुरु

एथर इनर्जीले ब्याट्री सब्सक्रिप्सन योजना प्रस्तुत गरेको छ । ब्याट्री–एज–ए–सर्भिस (बीएएएस) विकल्प भएका रिज्टा र ४५० सिरिज मोडलका स्कुटरमा यस्तो योजना सुरु गरिएको हो । यी स्कुटरको मूल्य क्रमशः ७६ हजार र ८४ हजार ३४१ भारु निर्धारण गरिएको छ ।

बीएएएस विकल्पले ग्राहकलाई ब्याट्री प्रयोगको लागि सरल मासिक योजनाहरू प्रदान गर्ने कम्पनीले जनएको छ । जुन प्रति किलोमिटर भारु १ बाट सुरु हुन्छ र ४८–महिनाको योजनामा आधारित छ । जसको न्यूनतम मासिक प्रयोग १ हजार किलोमिटर तोकिएको छ ।

साथै यस योजनामा सहभागी हुने ग्राहकले १ वर्षको लागि एथरको फास्ट चार्जिङ नेटवर्कमा निःशुल्क पहुँच समेत पाउनेछन् । एथरले एक निश्चित बाई ब्याक कार्यक्रम पनि ल्याएको छ, जसले ओडोमिटर रिडिङको आधारमा ३ वर्ष पछि स्कुटरको मूल्यको ६० प्रतिशतसम्म र ४ वर्ष पछि ५० प्रतिशतसम्म मूल्यमा पुरानो स्कुटर खरिद गरिदिन्छ ।

कम्पनीले ५ वर्ष वा ६० हजार किलोमिटरसम्मको ’विस्तारित व्यापक वारेन्टी’ समेत दिँदै आएको छ, जसले मोटर, मोटर कन्ट्रोलर, ड्यासबोर्ड र चार्जरलाई समेट्छ ।

सम्बन्धित समाचारहरू

एथरका ५ लाख युनिट स्कुटर उत्पादन, बढ्दो माग पुरा गर्न नयाँ प्लान्ट बनाउँदै

एथरका ५ लाख युनिट स्कुटर उत्पादन, बढ्दो माग पुरा गर्न नयाँ प्लान्ट बनाउँदै

भारतिय ईभी ब्रान्ड एथरले ५ लान युनिट स्कुटर उत्पादनको माइलस्टोन पार गरेको...

एथरको शोरुम अब बिर्तामोडमा पनि

एथरको शोरुम अब बिर्तामोडमा पनि

काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।...

एकैदिन २०८ युनिट एथर स्कुटर हस्तान्तरण

एकैदिन २०८ युनिट एथर स्कुटर हस्तान्तरण

काठमाडौं–एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...