बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य
काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...
इलेक्ट्रिक सवारी साधन अर्थात ईभीको मूल्य घटिरहेको छ । सो मूल्य आगामी दुई वष भित्र अझै तीव्र रुपमा घट्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
गोल्डम्यान सचले प्रकाशित गरेको नयाँ रिपोर्ट अनुसार सो मूल्य दुई वर्ष भित्रै करिव ५० प्रतिशत घट्ने छ । सन् २०२२ मा प्रति किलोवाट आवर ग्लोबल रुपमा ब्याट्रीको मूल्य औसत १५३ डलर रहेकोमा सन् २०२३ मा १४९ डलर पुगेको थियो । रिपोर्ट अनुसार सो मूल्य लगातार रुपमा घटेर सन् २०२६ मा प्रति किलोवाट आवर ८० डलर पुग्ने छ ।
विश्लेषकहरुले दुई मुख्य कारणले सो मूल्य घट्ने अनुमान गरेका छन् । पहिलो कारण ठूलो सेल र सेल–टु–प्याक टेक्नोलोजी जस्ता प्रविधिको विकास हो । यसले ब्याट्री मोडुलको संख्या घटाउँछ । यसले मूल्य घटाउनुका साथै इनर्जी डेन्सिटी समेत ३० प्रतिशत सम्म बढाउछ ।
त्यसैगरी दोस्रो कारण लिथियम र कोबाल्ट जस्ता कच्चा पदार्थको मूल्य घट्दै जानु हो । यो मूल्य कमसेकम सन् २०३० सम्म लगातार रुपमा घट्ने छ । गोल्डम्यान सचले सो मूल्य करिव ४० प्रतिशत घट्ने अनुमान गरेको छ ।
यो भन्दा पहिले यही वर्ष गोल्डम्यान सचले नै सन् २०२३ र २०२५ बिचमा ईभी ब्याट्रीको मूलय ४० प्रतिशतले कमी हुने अनुमान गरेको थियो । अमेरिकी बजारमा यसका आधारमा सन् २०३० सम्म ईभी बजार करिव ५० प्रतिशतले बढ्ने समेत अनुमान गरिएको छ ।
प्यान्डेमिक अवस्थाका कारण सप्लाई चेनमा समस्या आउदा समेत ईभी ब्याट्रीको मूल्यमा गिरावट आएको थियो । करिव १५ वर्ष पहिले टेस्ला रोडस्टर बजारमा उपलब्ध भएर ईभी युग प्रारम्भ भए पश्चात हाल सम्म ईभी ब्याट्रीको मूल्यमा ९० प्रतिशत कमी आइसकेको अमेरिकाको इनर्जी डिपार्टमेन्टले बताएको छ ।
काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...
यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...
कुश्मा – विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...