भोल्भो ईएक्स९० ब्याट्री पासपोर्ट भएको संसारको पहिलो ईभी हुने, के हो ब्याट्री पासपोर्ट ?

भोल्भोको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईएक्स९० ब्याट्री पासपोर्टको साथ आउने विश्वको पहिलो ईभी बन्ने भएको छ । उक्त ईभी अहिले उत्पादनको चरणमा रहेको जनाइएको छ ।

आफ्नो ईभीमा पहिलोपटक ब्याट्री पासपोर्ट राख्न भोल्भोले बेलायतको स्टार्टअप कम्पनी सर्कुलरसंग साझेदारीमा काम गरिरहेको छ ।

फेब्रुअरी २०२७ देखि युरोपेली संघमा बिक्री हुने सबै विद्युतीय सवारी साधनहका लागि ब्याट्री पासपोर्टलाई अनिबार्य गरिने यसअघि नै निर्णय भइसकेको थियो । ब्याट्री पासपोर्टले कच्चा पदार्थको उत्पत्ति, प्रयोग गरिएका कम्पोनेन्टहरू, रिसाइकल गरिएको सामग्री र ईभीलाई पावर गर्ने ब्याट्रीहरूको कार्बन फुटप्रिन्ट रेकर्ड गर्ने काम गर्छ ।

ब्याट्री पासपोर्ट भएको भोल्भो ईएक्स९० अमेरिकाको दक्षिण क्यारोलिना स्थित प्लान्टमा निर्माण गरिने जनाइएको छ । ईएक्स९० का खरिदकर्ताले ड्राइभर डोरभित्र क्यूआर कोड मार्फत पासपोर्टको सरल संस्करण प्राप्त गर्नेछन् ।

पासपोर्टमा ९० वटा सूचनाहरू सात भागमा फैलिएको हुनेछ । जसमा, ब्याट्री र निर्माताबारे जानकारी, अनुपालन, प्रमाणीकरण र लेबलहरू, ब्याट्री कार्बन फुटप्रिन्ट, आपूर्ति श्रृंखला, ब्याट्री सामग्री र संरचना, सर्कुलरिटी एबं संसाधन दक्षता र प्रदर्शन तथा स्थायित्व सामेल हुनेछन् ।

ब्याट्री पासपोर्ट लागु भएपछि ब्याट्रीको ब्यवस्थापन गर्न सहज हुनुको साथै उपभोक्ताले आफ्नो ईभीमा कुन गुणस्तरको ब्याट्री प्रयोग भएको छ भनेर जानकारी पाउन समेत सहज हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...