विद्युतीय गाडी चालकलाई राहत, ब्याट्री मर्मत खर्च १० गुणासम्म घट्ने सीएटीएलको दाबी

काठमाडौँ —विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले सेल–टु–प्याक मर्मत सेवा सुरु गरेको छ, जसमा पूरै ब्याट्री प्याकको सट्टा बिग्रिएको व्यक्तिगत ब्याट्री सेललाई मात्र फेर्न सकिन्छ ।

यसअघि सानो क्षति वा डेन्ट परेमा पनि सिङ्गो ब्याट्री नै फेर्नुपर्ने वा कारलाई नै कुल क्षति मान्नुपर्ने बाध्यताका कारण उपभोक्ताहरूले ठूलो खर्च र उच्च बीमा प्रिमियम व्यहोर्नुपरेको थियो । यस मर्मत सेवामार्फत ईभी चालकको ब्याट्री मर्मत खर्च १० गुणसम्म घट्ने कम्पनीको दाबी छ ।

सीएटीएलले आफ्ना विद्युतीय सवारी (ईभी) ब्याट्री मर्मत केन्द्रहरूलाई २०२६ को दोस्रो अर्धवार्षिक अवधिसम्ममा विश्वका १०० शहरहरूमा विस्तार गर्ने घोषणा समेत गरेको छ ।

कम्पनीको ‘निङ सर्भिस’ नाम दिइएको यस सेवा सञ्जाललाई नियन्त्रण र सञ्चालन सीधै सीएटीएलले नै गर्ने जनाइएको छ । अटोमेसन र रोबोटिक प्रविधिको प्रयोग गरी डाइग्नोस्टिक्स तथा मर्मत सम्पादन गरिने र मर्मत समय ७२ घण्टा वा सोभन्दा कममा सीमित गर्ने लक्ष्य लिइएको छ ।

चीनको हाइकोउमा आयोजित ‘निङ डे २०२६’ कार्यक्रममा कम्पनीले चीनभर ८ वटा सीधै सञ्चालित सेवा केन्द्रहरू सुरु भइसकेको र नर्वे तथा इस्तानबुलमा २ वटा अन्तर्राष्ट्रिय केन्द्रहरू स्थापना भइसकेको जानकारी दिएको छ । निङ सर्भिसले हाल ८४ देशहरूमा १ हजार ३७६ वटा फ्रान्चाइज्ड सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ ।

ईभी मर्मत क्षेत्रमा पूरै ब्याट्री प्याक फेर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै लक्षित र सटीक मर्मत पद्धति लागू गर्ने उद्देश्य यस योजनाको रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...