भारतमा ४३ प्रतिशत ग्राहक इलेक्ट्रिक टु–ह्विलर किन्न इच्छुक
काठमाडौं–भारतमा इलेक्ट्रिक टु–ह्विलरप्रतिको आकर्षण बढ्दै गएको छ ।...
काठमाडौं– आइसर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलले आफ्नो पहिलो बार्षिकोत्सब बृक्षरोपण कार्यक्रम गरी मनाएको छ ।
कम्पनीले शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्सालस्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वृक्षारोपण कार्यक्रममा कर्मचारी, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्वपूर्ण भूमिका खेल्ने हुँदा बार्षिकोत्सव कार्यक्रममा बृक्षारोपण गरेर मनाइएको कम्पनीले जनाएको छ ।
वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्ने लक्ष्य अनुरुप बृक्षारोपण कार्यक्रम गरिएको कम्पनीका कार्यकारी निर्देशक दिपक अग्रवालले बताए ।
विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा लोकप्रिय बन्दै आएको ब्रान्ड आइशरलाई विगत १ वर्षयता एमएडब्लु बतासले बिक्रि गर्दै आईरहेको छ । आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ ।
एमएडब्लु बतासले नेपालमा ११ वटा शाखा, ४ वटा डिलर र १६ वटा टच् प्वाइन्टमार्फत बिक्री र विक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...