वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि हुन्छ । वर्षायाममा सडकमा जमेको माटो नरम हुने भएकाले एक्कासी ब्रेक लगाउदा तीब्र गतिका सवारीसाधन चिप्लिने डर हुन्छ । वर्षायाममा कारबाट यात्रा गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

वर्षायाममा सवारी साधन सुस्त गतिमा चलाउनु पर्ने विज्ञहरुको भनाइ छ । पानी भरिएको ठाउँमा सवारी साधन अनियन्त्रित हुन्छ । त्यसैले यस्ता ठाउँमा विशेष ध्यान दिनुपर्छ ।

आवश्यक परेको बेलामा कारको टायर परिवर्तन गरिरहनु पर्छ । भिजेको बाटोमा घिस्रिएको टायर लगाएर कार चलाउनु खतरनाक हुन सक्छ । सवारी साधन करिब ११,००० किलोमिटर चलिसकेपछि आफ्नो कारको टायर परिवर्तन गर्नुपर्छ ।

वर्षायाममा कार स्लो गतिमा ड्राइभ गर्नुपर्छ । यो समयमा सामान्यतया सवारी साधनको गति प्रतिघण्टा ५७ किलोमिटरभन्दा बढी हुँदा अनियन्त्रित भएर दुर्घटना हुने विज्ञहरुको भनाइ छ । मनसुनमा सवारी चलाउन तोकिएको गति सीमाभन्दा १० देखि १५ किलोमिटर प्रतिघण्टा कम गतिमा सवारी चलाउनुपर्छ ।

भिजेको सडकमा ड्राइभ गर्दा कारको क्रुज फंक्शन कहिल्यै प्रयोग गर्नु हुँदैन । क्रुज फंक्शन सक्रिय गरेर हाइड्रोप्लेन सुरु गरेमा कारको नियन्त्रण पुनः प्राप्त गर्नु भन्दा अघि फंक्शन बन्द हुन समय लाग्नेछ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ नेपालद्वारा बुटवलमा आधिकारिक शोरुमको शुभारम्भ, पहिलो दिनमै १५ मोटरसाइकल डेलिभरी

ट्रायम्फ नेपालद्वारा बुटवलमा आधिकारिक शोरुमको शुभारम्भ, पहिलो दिनमै १५ मोटरसाइकल डेलिभरी

बुटवल – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले बुटवलमा नयाँ शोरुमको...

एक वर्षमा सीएफमोटो एमटी ४५०, नाइमा एक्सपोमा नयाँ ग्राफिक्सको अपग्रेड मोडलका साथै अर्को बाइक लन्च हुने

एक वर्षमा सीएफमोटो एमटी ४५०, नाइमा एक्सपोमा नयाँ ग्राफिक्सको अपग्रेड मोडलका साथै अर्को बाइक लन्च हुने

सीएफ मोटोको प्रिमियम मोटरसाइकल एमटी ४५० नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ...

ट्रायम्फ मोटरसाइकलमा अपग्रेड हुने अवसर, नक्सालमा एक्सचेन्ज क्याम्प सुरु

ट्रायम्फ मोटरसाइकलमा अपग्रेड हुने अवसर, नक्सालमा एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं – ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प फेज–२ शुरु भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...