चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

काठमाडौं – चर्चित बैंकर अनिल केशरी शाहले बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक कार किनेका छन् । उनले यस वारेमा एक भिडियो पोस्ट सार्वजनिक समेत गरेका छन् ।

उनले बीवाईडी इलेक्ट्रिक कार रोज्नुको कारण सो भिडियोमा प्रष्ट्याएका छन् । उनी भन्छन्, ‘नेपालको इन्धन, नेपालीको लागि ।’

त्यसैगरी बीवाईडी नै रोज्नुको एक मात्र कारण वारेमा उनको भनाइ छ, ‘विश्वकै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक सवारी ।’

यसका आधारमा नेपालमै उत्पादन हुने विद्युत इन्धनको रुपमा प्रयोग हुने र विश्वकै सबैभन्दा बढी इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनी भएकाले बीवाईडी रोजेको मान्न सकिन्छ ।

बीवाईडीका इलेक्ट्रिक कार विभिन्न सरकारी निकायका साथै अन्य प्रतिष्ठित व्यक्तिहरुले समेत प्रयोग गर्दै आएका छन् ।

नेपाली बजारमा बीवाईडी अल न्यु ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ७१.७ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर प्रयोग गरिएको छ । फुल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने भएकाले यो नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये धेरै रेन्ज दिने कारमा पर्छ ।

अल न्यु ई६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

यो कार एलईडी डे टाइम रनिङ लाइट र एलईडी रियर कम्बिनेसन ल्याम्पले सुसज्जित छ । यसको इन्टेरियर लेदर सिट र ६–वे एड्जस्टेबल ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट सहित उपलब्ध छ ।

त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान छ ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को बिजेता सुनिल खड्काले सिजी...

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...