राज्यमन्त्री श्रेष्ठको रोजाईमा प-यो बीवाईडी अल न्यु ई६ इलेक्ट्रिक कार

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीको नेपाली बजारमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने कार नयाँ ई६ खरिद गरेका छन् । बहालवाला मन्त्रीले आफ्नै खर्चमा विद्यूतीय कार किनेका हुन् ।

धेरै रेन्ज दिने र आरामदायी गाडी भएकाले सो गाडी खरिद गरेको राज्यमन्त्री श्रेष्ठले बताए । नेपाली बजारमा सन् २०२१ मा आए देखि नै यो गाडीले धेरै ग्राहकको मन जित्न सफल भएको छ ।

नेपाली बजारमा बीवाईडी अल न्यु ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ७१.७ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर प्रयोग गरिएको छ । फुल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने भएकाले यो नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये धेरै रेन्ज दिने कारमा पर्छ ।

अल न्यु ई६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

यो कार एलईडी डे टाइम रनिङ लाइट र एलईडी रियर कम्बिनेसन ल्याम्पले सुसज्जित छ । यसको इन्टेरियर लेदर सिट र ६–वे एड्जस्टेबल ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट सहित उपलब्ध छ ।

त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान छ ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

सम्बन्धित समाचारहरू

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका...

चिनियाँ ईभी बजार : प्रतिस्पर्धामा उत्रन नयाँ कारलाई नै सेकेन्ड ह्यान्डको मूल्यमा बिक्री गरिँदै

चिनियाँ ईभी बजार : प्रतिस्पर्धामा उत्रन नयाँ कारलाई नै सेकेन्ड ह्यान्डको मूल्यमा बिक्री गरिँदै

पछिल्लो समय चिनियाँ ईभी बजार निकै प्रतिस्पर्धात्मक बनिरहेको छ ।...

एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ

एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ

काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...