विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर पेट्रोलियम पदार्थबाट चल्ने सवारीका लागि उपलब्ध हुने ब्याजदर भन्दा कम हुन्छ । अधिकांश बैंकहरुले हालै प्रकाशित गरेको ब्याजदरमा यो तथ्य स्पष्ट देखिएको छ ।

पहिले देखि नै विद्युतीय सवारीका लागि कर्जा उपलब्ध गराउनमा अग्रणी देखिएको एनएमबी बैंकले इलेक्ट्रिक सवारीका लागि व्यक्तिगत तर्फ बेस रेट भन्दा ०.५ देखि २.५ प्रतिशत बढी ब्याजदर लिने बताएको छ भने कमर्सियल तर्फ २ देखि ४ प्रतिशत बढी लिने बताएको छ । जबकी यो दर आईसीई भेइकल तर्फ क्रमशः २ देखि ४ प्रतिशत र २.५ देखि ४.५ प्रतिशत छ ।

बैंकले इलेक्ट्रिक सवारीका लागि एनएमबी सुलभ अटो लोन अन्तर्गत ५ वर्षका लागि १०.१० प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने गाडी कर्जा अन्तर्गत ७ वर्ष सम्मका लागि १२.५० प्रतिशत ब्याजदर छ भने विद्युतीय सवारी साधन कर्जाका लागि १०.५० प्रतिशत ब्याजदर छ ।

त्यसैगरी संस्थागत आवधिक कर्जाका लागि भने स्थिर ब्याजदर अन्तर्गत ५ देखि १० वर्ष सम्मका लागि १२.५० र १० वर्ष भन्दा बढी अवधिको लागि १३.५० प्रतिशत छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बेस रेटमा ३.५ प्रतिशत सम्म थपेर अटो लोन दिने बताएको छ । यसको बेस रेट ९.२२ प्रतिशत छ । त्यसैगरी फिक्स्ड रेट अन्तर्गत ५ वर्षका लागि ११.५० प्रतिशत र ५ वर्ष भन्दा बढी समयका लागि १२ प्रतिशत तोकिएको छ ।

इलेक्ट्रिक सवारीका लागि भने स्ट्यान्डर्ड चार्टर्डले १०.७४ प्रतिशत मात्र ब्याजदर तोकेको छ र महिलाका लागि झन् १०.४९ प्रतिशत मात्र तोकेको छ ।

एभरेष्ट बैंकले भेइकल लोन भनेर फिक्स्डमा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ भने फ्लोटिङ रेट अन्तर्गत बेस रेटमा १.५० देखि ३.५० प्रतिशत सम्म थपिने बताएको छ । एभरेष्टको बेस रेट ८.७१ प्रतिशत छ ।

बैंकहरुले चैत देखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यस अनुसार इलेक्ट्रिक सवारी साधनतर्फ कम मात्र ब्याजदर तोकिएको छ ।

इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले सवारी साधनको मूल्यको ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित समाचारहरू

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

काठमाडौं – नेपाली बजारमै सबैभन्दा बढी अर्थात सिंगल चार्जमा ३२० किलोमिटर...

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

काठमाडौं – प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको...

होन्डाले ल्यायो एक्टिभा र क्युसी१ इलेक्ट्रिक स्कुटर

होन्डाले ल्यायो एक्टिभा र क्युसी१ इलेक्ट्रिक स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले लामो प्रतिक्षापछि एक्टिभा-ई र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...