अटाे लाेन : ९ बैंकले बढाउँदा ११ बैंकले घटाए, कुनले कति ?

काठमाडौं - पछिल्लो समय  आर्थिक शिथिलताका बिच समेत अटो लोनको व्यावसायिक आकारमा वृद्धि हुँदै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले साढे ५ अर्ब रुपैयाँ सवारी कर्जा (हायर पर्चेज लोन) बढाएका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको अवधिमा हाल सञ्चालनमा रहेका २० वटा बैंकले १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ अटो लोन प्रवाह गरेका हुन् । गत वर्षको सोही अवधिमा बैंकहरूले १ खर्ब ७ अर्ब ६४ करोड रुपैयाँ मात्रै सवारी कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले सवारी कर्जामा ५.३७ प्रतिशत अर्थात् ५ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बढाएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंक (आरबिबि) ले सवारी कर्जा बढाएको छ। राष्ट्रिय वाणिज्यले फागुनसम्म  ६०.९३ प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड रुपैयाँ बढाएर ८ अर्ब ७६ करोड रुपैयाँ सवारी कर्जामा लगानी गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ सवारी साधनमा लगानी गरेको थियो । त्यस्तै, नेपाल बैंकको ३ अर्ब ७ करोड रुपैयाँ लगानी रहेको छ , यस अवधिमा बैंकको लगानीमा ३६.६५ प्रतिशतको वृद्धि भएको हो । साथै, यस अवधिमा नेपाल एसबिआई बैंकको ३५.१८ प्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ लगानी रहेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३१.१५ प्रतिशत बढेर ४ अर्ब ६८ करोड रुपैयाँ, एभरेष्ट बैंकको २९.०७ प्रतिशत बढेर ४ अर्ब ५५ करोड करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । यस अवधिमा क्रमशः सानिमा बैंकको ६ अर्ब ७० करोड रुपैयाँ, नबिल बैंकको ११ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५ अर्ब ८६ करोड रुपैयाँ र एनएमबि बैंकको ६ अर्ब ६९ करोड रुपैयाँ सवारी लगानी रहेको छ ।

एक वर्षको अवधिमा ९ बैंकको मोटर कर्जा बढेको भएपनि सोही अवधिमा बाकी ११ बैंकको सवारी कर्जा भने घटेको छ। यस अवधिमा एनआईसी एशियाको ३८.१७ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड रुपैयाँ घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सवारी कर्जा झरेको छ । गत वर्षको फागुनमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ सवारीमा लगानी गरेको थियो । एनआईसी एशिया बैंकको सवारी कर्जा सबैभन्दा धेरै घटेको हो ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५५ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ, कुमारी बैंकको २२.२६ प्रतिशत घटेर ५ अर्ब ५१ करोड रुपैयाँ र क्रमशः लक्ष्मी सनराइज बैंकको ३ अर्ब ३४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ५ अर्ब ८९ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् ।

राष्ट्रबैंकका अनुसार यस अवधिमा हिमालयन बैंकले ६ अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९एनआईएमबि०ले ५ अर्ब १९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ४ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन्स बैंकको ४ अर्ब ५० करोड रुपैयाँ र प्राइम बैंकको ५ अर्ब ८४ करोड रुपैयाँ सवारीमा लगानी रहेको छ ।

सम्बन्धित समाचारहरू

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

अर्थतन्त्र शिथिल भएको असर अटो लोनमा समेत देखिएको छ । बैंक तथा वित्तीय...

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी...

इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा

इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा

काठमाडौँ – ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडि मोर्टर्स) र कुमारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...