बजाजले चेतक ब्रान्डमा अर्को नयाँ इलेक्ट्रिक स्कुटर थप गर्ने

चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको बजाजले अर्को नयाँ मोडल थप गर्ने भएको छ । योसंगै चेतकसंग बजारमा २ वटा इलेक्ट्रिक स्कुटर हुनेछ ।

नयाँ मोडल थप गर्न लागिएको बजाज अटोका प्रबन्ध निर्देशक राजिव बजाजले खुलसा गरेका हुन् । उनका अनुसार यो नयाँ मोडल यसै वर्षको अन्त्यसम्ममा लन्च भैसकक्नेछ । नयाँ मोडलमा के–कस्ता फिचर्स सामेल हुनेछन् भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् ।

चेतकको हाल भारतीय बजारमा ९० किलोमिटर रेन्ज दिने एउटामात्र मोडल उपलब्ध रहँदै आएको छ । रेट्रो क्लासिक लुक्समा डिजाइन गरिएको यो स्कुटरलाई बजाजले मूल्य १ लाख ४९ हजार भारुमा बिक्री गर्दै आइरहेको छ । स्टिल वडी दिइएको यो स्कुटरमा आइपी ६७ वाटर प्रोटेक्नस सिस्टम उपलब्ध गराइएको छ ।

५ घन्टामा फूल चार्ज गर्न सकिने यसको ब्याट्रीलाई फास्ट चार्जरको साहयतामा एक घन्टा भित्रै २५ प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीमा कम्पनीले ३ बर्ष अर्थात ५० हजार किलोमिटरको वारेन्टि दिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड ‘अक्सविन’ को इलेक्ट्रिक...

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...