भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
१५० सिसी सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने बजाज पल्सर एन १५० लाई कम्पनीले आफ्नो वेबसाइटबाट हटाएको छ । भारतसहित नेपाली बजारमा समेत सबैभन्दा राम्रो कम्युटर बाइक मानिएको यस मोडललाई कम्पनीले आफ्नो वेबसाइटबाट हटाएपछि कतै यसको उत्पादन नै बन्द गर्न लागिएको त हैन भन्ने जिज्ञासा बढ्न थालेको छ ।
पल्सर १५० को स्पोर्टी संस्करणका रुपमा आएको एन १५० ले पछिल्लो समय भारतमा खासै राम्रो बजार लिन भने सकिरहेको थिएन । पल्सरकै १६० सीसी मोटरसाइकल भन्दा पनि कम युनिट बिक्री हुन थालेपछि कम्पनी यसको आगामी यात्रालाई लिएर चिन्तित रहँदै आएको थियो ।
गत महिना बजाजले क्लासिक पल्सर र पल्सर १५० एन गरी जम्मा १५ हजार ९३७ युनिटमात्रै बिक्री गरेको थियो । जुन, सोही महिनामा बिक्री गरिएको पल्सर एन १६० र एनएस१६० भन्दा ७ हजार युनिट कम थियो ।
कुनै समय बजाज ब्रान्डको गरिमा वनेर बजारमा एकछत्र राज गर्दै आएको पल्सर १५० लाई कम्पनीले तत्कालै बन्द भने गरिहाल्न नसक्ने रिपोर्टहरु समेत बाहिर आएका छन् । केही मिडिया रिपोर्टका अनुसार कम्पनीले यसको अपग्रेडेड भर्सनलाई अपग्रेड गरेर ल्याउने तयारी गरिरहेका कारण तत्कालका लागि यसलाई कम्पनीको वेबसाइटबाट हटाइएको हो ।
पल्सर एन नेपाली बजारमा समेत बिक्री हुँदै आएको मोटरसाइकल हो । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...