अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००
बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...
बजाज अटोले आफ्नो लोकप्रिय स्पोर्ट्स मोटरसाइकल पल्सर एनएस४००जेड नयाँ अपडेटका साथ भारतीय बजारमा लन्च गरेको छ। नयाँ अपडेटसँगै यस बाइकको मूल्यमा पनि थोरै वृद्धि गरिएको छ, साथै यसमा केही महत्वपूर्ण परिवर्तन पनि गरिएको छ ।
नयाँ पल्सर एनएस४००जेडको इन्जिन पनि परिमार्जित गरेको छ । नयाँ संस्करणमा ३७३ सीसी क्षमताको इन्जिन दिइएको छ, जसले ४३ एचपी पावर उत्पन्न गर्छ। यो अघिल्लो संस्करणको तुलनामा ३ एचपीले बढी हो । साथै, बाइकले ३५ एनएम टर्क पनि उत्पन्न गर्छ।
अर्को महत्वपूर्ण अपडेट यसको टायरमा गरिएको छ। पुरानो एमआरएफ बायस प्लाई टायरको सट्टामा अब एपोलो अल्फा एच१ रेडियल टायर जडान गरिएको छ। अगाडिको टायर ११०/७०-जेडआर१७ र पछाडिको टायर १५०/६०-जेडआर१७ साइजको छ । साथै यसको ब्रेकिङ सिस्टममा पनि सुधार गरिएको छ । अब यसमा सिन्टर्ड फ्रन्ट ब्रेक प्याड प्रयोग गरिएको छ, जसले पहिले प्रयोग गरिएका अर्गानिक ब्रेक प्याडलाई प्रतिस्थापन गरेको छ।
यसमा चारवटा फरक राइडिङ मोड स्पोर्ट, रोड, अफरोड र रेन दिइएको छ । यसमा सिट हाइट ८०५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम यथावत् राखिएको छ, जबकि बाइकको कुल वजनमा कुनै परिवर्तन गरिएको छैन। पल्सर एनएस४००जेडको मूल्य अब १ लाख ९२ हजार भारु कायम गरिएको छ ।
बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...
बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर...
जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...