बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय

बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी गरेको छ । चेतक ई–स्कुटरको सफलतापछि कम्पनीले इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।

कम्पनीले चेतकको थप भेरिएन्ट, नयाँ इलेक्ट्रिक मोटरसाइकल र अन्य इलेक्ट्रिक सवारी साधन बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

बजाज पहिले नै आईसीई स्कुटर क्षेत्रबाट बाहिरिएको भए पनि चेतक ई–स्कुटरमार्फत इलेक्ट्रिक क्षेत्रमा पुनःप्रवेश गरिसकेको छ । अब कम्पनीले इलेक्ट्रिक मोटरसाइकल खण्डमा प्रवेश गर्दैछ, जुन चेतक र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधनबीचको हो ।

अफ्रिका बजारमा बक्सरको राम्रो माग रहेको छ भने पल्सर भारत र नेपालमा निकै लोकप्रिय छ । यी दुवै मोडललाई इलेक्ट्रिक भेरिएन्टमा ल्याएर बजाजले राम्रो सुरुवात गर्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचारहरू

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं – बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक...

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...