बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बजाजले पल्सर रेन्जमा नयाँ पल्सर २५० समावेश गर्ने भएको छ । कम्पनीले हालै सो नयाँ बाइक परीक्षण गरिरहेको तस्बिर सार्वजनिक भएका थिए ।
सो नयाँ बाइक एनएस२५० हुने अनुमान गरिएको छ । सो बाइक प्रोडक्सनको लागि पुर्ण रुपमा तयारी अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सो बाइक चाँडै लन्च गर्ने सम्भावना रहेको छ ।
परीक्षणको समयमा सो बाइक पुर्ण रुपमा कभरले ढाकिएको थियो । जसको कारण यसको डिजाइनको पुरा जानकारी सार्वजनिक भएको छैन । यद्यपि यसको प्रोफाइल पुरानो मोडल भन्दा फरक हुनेछ । परीक्षण बाइकमा ब्ल्याक अलोय ह्विल, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, सार्प रियरभ्यु मिरर, स्प्लिट सिट र ग्रयाब रेल देख्न सकिन्छ ।
नयाँ पल्सरमा अल न्यु डिजाइनको साथमा नयाँ इन्जिन पनि समावेश गरिएको छ । रिपोर्टका अनुसार बाइकमा सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन समावेश गरिएको छ । जसले २४ बीएचपीको पावर र एनएस२०० मोडलको भन्दा बढी टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।
सो बाइकमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प र टर्न सिग्नल, डीआरएलको साथमा रिडिजाइन्ड फ्रन्ट र सानो विन्डस्क्रिन जस्ता फिचर हुने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार नयाँ बजाज पल्सर एनएस २५० सेप्टेम्बरमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि कम्पनीले सो बाइकको लन्चिङको आधिकारिक जानकारी दिएको छैन । कम्पनीले सो बाइकको एक्स शोरुम मूल्य १ लाख ४५ हजार भारु राख्ने सम्भाना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...