चिनियाँ बजारभन्दा विदेशमा झन्डै दोब्बर महँगो, बीवाईडीको सुपरकारले विश्व बजार तताउँदै
काठमाडौं–बीवाईडीको प्रिमियम सब–ब्रान्ड डेन्जाले आफ्नो नयाँ इलेक्ट्रिक...
नेपाली बजारमा उपलब्ध बजाजको लोकप्रिय बाइक पल्सर १५० टीडी अर्थात ट्विन डिस्क धेरै राइडरको रोजाईमा छ । ट्विन अर्थात डबल डिस्क ब्रेकयुक्त यो बाइकको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ छ ।
बजाजको नेपाली बजारका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हाल शून्य प्रतिशत ब्याजदरमा बजाजका बाइक उपलब्ध गराइरहेको छ । यद्यपि यसका लागि शुरुमा मूल्यको ५० प्रतिशत रकम भने बुझाउनु पर्छ ।
यसका आधारमा बजाज पल्सर १५० टीडी लिनका लागि ५० प्रतिशत रकम अर्थात १ लाख ३६ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकम १८ महिना सम्म ७ हजार ६०८ रुपैयाँको दरले बुझाउन सकिन्छ ।
पहिलो महिनामै पहिलो किस्ता समेत बुझाउनु पर्ने भएकाले ५० प्रतिशत रकमका साथै पहिलो महिनाको किस्ता ७ हजार ६०८ रुपैयाँ समेत बुझाउनु पर्छ । त्यसैगरी सेवा शुल्क, नामसारी शुल्क, फाइनान्समा खाता खोल्दा लाग्ने रकम र फुल इन्स्योरेन्स समेत गर्नका लागि आवश्यक शुल्क लाग्छ । यसका आधारमा पहिलो महिनामा ५० प्रतिशत डाउन पेमेन्ट वाहेक करिव २३ हजार रुपैयाँ समेत बुझाउनु पर्ने कम्पनी स्रोतले बताएको छ ।
मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्क को डिजाइन गरिएको बताइएको छ ।
यसमा रहेको १५० सीसी डीटीएसआई इन्जिनले दिने १४ पीएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ ।
त्यसैगरी यसमा आधुनिक एवं आकर्षक डिजिटल मिटर छ । यसमा भएको ट्विन डिस्क ब्रेकले ब्रेकिङ क्षमता बढाउछ ।
पल्सर १५० ट्विन डिस्कमा भएको नाइट्रोक्स सस्पेन्सनले आरामदायी सवारीको सुनिस्चितता गर्छ । त्यसैगरी डीसी इग्निसन तथा लाइटिङ सिष्टमले सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि आवश्यक कार्य गर्छ ।
यसमा भएका फराकिला ट्युबलेस टायरले अझ राम्रो रोड ग्रिप कायम गर्नुका साथै सुरक्षाको लागि समेत सहयोग पु¥याउछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...