स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको सो इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक -याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।

उक्त फेस्टमा बजाजको पल्सर एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो । त्यसैगरी यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम ड्युक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो ।

बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक
बजाज पल्सर एन २५० को भव्य लन्च स्पिड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ ।

बजाज एन २५० मा २४.५ पीएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा ड्युअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अपग्रेडेड एक्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिस र सुरक्षित बनाउँछ ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो ।

नयाँ भर्सनको पल्सर एन २५० को मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले देखि उपलब्ध मोडलको मूल्य भने ४ लाख ५७ हजार ९ सय रुपैयाँ छ ।

स्पिड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचारहरू

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो...

रोजाइमा सबैभन्दा कम मूल्यको पल्सर १२५ : शुरुमा १ लाख ३६ हजार बुझाए आफ्नो बनाउन पाइने

रोजाइमा सबैभन्दा कम मूल्यको पल्सर १२५ : शुरुमा १ लाख ३६ हजार बुझाए आफ्नो बनाउन पाइने

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकलमा गनिन्छ पल्सर सिरिज । पल्सर...

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...