बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहार लक्षित नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ ।

सबै नेपालीका लागि मोटरसाइकल जीवनशैली र पहिचानको प्रतीक बनिसकेकाले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन सुरु गरेको हो ।

क्पाम्पेन अन्तर्गत, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै नागरिकताको भरमा सहज फाइनान्स सुबिधा समेत सामेल गरिएको कम्पनीको भनाई छ ।

यस क्पाम्पेनका प्रमुख विशेषताका रुपमा, जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्ता ५० हजार नगद उपहार, ‘प्लेयर अफ दि विक’ बन्ने ग्राहकलाई १ लाख नगद र चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर प्राप्त हुनेछ ।

क्याम्पनेका बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि बीपीएलले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव दिलाउने छ ।’

त्यसैगरी, यस क्याम्पेनले मोवाइल गेम प्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०एफ ग्राहकको अत्यधिक मागका कारण...

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...