डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक

बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को जनवरी महिनामा लन्च गरेको बजाज डोमिनार २५० ले नेपालमा एक बर्ष पुरा गरेको छ । सुरुवाती मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरेर बिक्री शुरु भएको यो मोटरसाइकलको मूल्य हाल ५ लाख १८ हजार ९ सय रुपैयाँ पुगेको छ । यससंगै एकबर्षको यो अबधीमा यो मोटरसाइकलको मूल्य २९ हजार रुपैयाँले बृद्धि भएको छ । कम्पनीले यो मोटरसाइकलको मूल्य पटक पटक बृद्धि गरेको थियो ।

नेपालमै एसेम्बल गरी बिक्री बितरण भैरहेको यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २७ पीएस पावर र २३.५ एनएम टर्क प्रदान गर्ने बताइएको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्ड स्क्रिन, मस्कुलर फ्युल ट्याङ्क, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङ्कमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ । यसको साथै स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

१३२ किमि प्रतिघन्टासम्मको उच्चतम गतिमा हाँक्न सकिने यो मोटरसाकल १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने बताइएको छ ।

चालकको आरामका लागि यो बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक दिइएको छ । यो बाइकको अगाडि चक्कामा ३०० एमएम डिस्क र पछाडि २३० एमएमको डिस्क ब्रेक जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको...

भारतीय बजारमा चाँडै नै लन्च हुँदै नयाँ बजाज पल्सर एनएस४००जेड

भारतीय बजारमा चाँडै नै लन्च हुँदै नयाँ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले आफ्नो चर्चित स्पोर्ट्स बाइक सिरिज अन्तर्गतको नयाँ पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...