बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता
बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...
काठमाडौं–बजाजले भारतमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटर चेतक नेपाली बजारमा आइपुगेको छ । बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक भित्र्याएर औपचारिक लन्च गर्ने तयारी गरेको हो ।
चेतकका लागि कम्पनीले नक्सालमा नयाँ शोरुम तयार पारिरहेको छ । नेपाली बजारका लागि वहुप्रतिक्षित बनेको चेतकलाई कम्पनीले विगत केही समययता सडकमा परिक्षण गर्दै आएको थियो । अहिले भने शोरुममै राखेर औपचारिक लन्च हुने जानकारी दिएको हो ।
भारतिय बजारमा तीनवटा भेरिएन्टमा उपलब्ध चेतकको कुन–कुन भेरिएन्ट नेपाली बाजरमा उपलब्ध हुनेछ भन्ने विषयमा कुनै जानकारी वाहिर आएको छैन ।
इलेक्ट्रिक बजाज चेतकमा ३.२ किलोवाट आवरको ब्याट्री प्याक जाडान गरिएको छ । जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । यसको टप स्पिड ७३ किलोमिटर प्रति घन्टा छ भने ब्याट्री ० देखि १०० प्रतिशत चार्ज हुन ४ः३० घण्टा समय लाग्नेछ ।
टिएफटी स्क्रिन राखिएको यस स्कुटरमा टर्न बाई टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिङ सिस्टम, रिमोट लक÷अनलक, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ । साथै, यसको अन्डर सिट स्टोरेज क्षमता ३५ लिटर छ ।
बाजज चेतकले मूलत भारतबाट आयत भएका टिभिएस आई–क्यूव र एथर स्कुटरसंग प्रतिस्पर्धा गर्नेछ । यस स्कुटरको मूल्य समेत निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।
बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...
काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड...
बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...