३५० सीसी इन्जिनमा आयो ट्रायम्फ स्पिड, मुल्य ६ लाख ५० हजार
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा हंसराज हुलासचन्द एण्ड कम्पनीले ६ लाख ४९...
काठमाडौं – बजाजका बाइक किन्न चाहनेहरुका लागि नेपाली बजारमा नयाँ स्किम लागू भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हालै नयाँ स्किम सार्वजनिक गरेको हो ।
यस अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाइक किन्न सक्ने छन् । यसका लागि शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्नेछ । त्यसपछि बाँकी रकम १८ महिनामा किस्ताको रुपमा बुझाउन सकिने छ ।
बजाजका सबै मोडलका बाइक यसरी किन्न सकिने र नेपालभर रहेका सबै बजाज सोरुमबाट यी बाइक किन्न सकिने छ ।
कम्पनीले अहिले नेपाली बजारमा प्लाटिना, डिस्कभर, पल्सर, एभेन्जर र डोमिनार सिरिजका गरी विभिन्न १४ भेरिएन्टमा बाइक बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा एसेम्वल भइरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...