बजाज मोटरसाइकलको मूल्य वृद्धि, कतिले बढ्यो ? हेर्नुस् सूची

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा बिक्रीका लागि उपलब्ध विभिन्न मोडल मध्ये अधिकांश मोडलको मूल्यमा केही वृद्धि गरेको छ ।

हिजो जेठ १८ देखि लागु हुने गरी बजाज पल्सरका केही मोडल वाहेक अन्य सबै मोडलमा मूल्य वृद्धि गरिएको हो । यी मोडलमा २ हजार देखि ५ हजार रुपैयाँ सम्म मूल्य वृद्धि गरिएको छ ।

यी सबै मध्ये सबैभन्दा बढी ५ हजारको दरले पल्सर ४०० एनएस जेड बीएस६ र डोमिनार ४०० एबीएस बीएस६ मा मूल्य वृद्धि गरिएको छ । अब यी मोडलको मूल्य क्रमशः ५ लाख ७१ हजार ९ सय र ६ लाख २० हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा उपलब्ध मोडल मध्ये बजाजको सबैभन्दा सस्तो अर्थात कम मूल्यको मोडल प्लाटिना १०० ईएस हो । यसको मूल्य २ हजार रुपैयाँले बढेर २ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यद्यपि यो मूल्य वृद्धिको निर्णय कम्पनीले पहिले देखि नै गरेर शोरुमहरुमा पठाइसकेको र यसमा हालै सार्वजनिक बजेटको कुनै सम्बन्ध नभएको कम्पनी स्रोतको भनाइ छ ।

नेपाली बजारमा बजाजका डिस्कभर, पल्सर, एभेन्जर र डोमिनार लगायतका मोडल उपलब्ध छन् ।

बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतक समेत केही समय पछि नेपाली बजारमा समेत उपलब्ध हुने बताइएको छ । हाल सम्म बजाजको स्कुटर बिक्रीका लागि उपलब्ध छैन ।

यस्तो छ विभिन्न मोडल र मूल्य सूची

सम्बन्धित समाचारहरू

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन...

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस...

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजले १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...