५ इन्चको टीएफटी डिस्प्लेसहित आयो नयाँ बजाज पल्सर एनएस४०० जेड
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो...
बजाज पाँचको पन्च अफर अन्तर्गत वम्परमा उर्लावारीकी तुलसादेवी अधिकारीले नगद १० लाख रुपैयाँ जितेकी छिन् । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै आधिकारिक वितरक हंसाराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो अफर ल्याएको थियो । उनले उर्लावारीस्थित डिलर गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।
बजाजले ल्याएको यो अफर अन्तर्गत एकैजना ग्राहकले पाँच पटकसम्म पुरस्कार जित्न सकिने व्यवस्था मिलाइएको थियो । पहिलो चरणमा यो अफरको विज्ञापन आफ्नो फेसवुक पेजमा सेयर गरी १ हजार, दोस्रो चरणमा शोरुममा बाइक हेरेर एसएमएस मार्फत ५० हजार सम्म, तेस्रो चरणमा मोटरसाइकल खरिद गर्दा प्राप्त हुने युनिक कोड मार्फत १ लाख रुपैयाँसम्म र चौथो चरणमा आफ्नो नजिकको साथीभाइलाई बजाज वाइक खरिद गर्न रेफर गरेवापत ३ वटा निशुल्क सर्भिसिङ दिने व्यवस्था मिलाइएको थियो ।
अन्तिम अर्थात पाँचौ चरणमा एकजना भाग्यसाली विजेतालाई लक्कि ड्रमार्फत १० लाख रुपैयाँ नगद उपहार दिने व्यवस्था कम्पनीले मिलाएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...