बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – चीनको प्रसिद्ध सरकारी कम्पनी बीएआईसीका गाडी नेपाली बजारमा भित्रिने भएका छन् । साख एन्ड कम्पनीले सो ब्रान्ड नेपाल भित्र्याउने तयारी गरेको छ । यसका लागि आधिकारिक फेसबुक पेजमार्फत देशका विभिन्न स्थानमा डिलर आह्वान गरिएको छ ।
पहिलो पटक बीएसआईसीको बीजे ४०प्लस अफरोड गाडी नेपाली बजारमा भित्रिने छ । नेपाली बजारमा डिजेल म्यानुअल र पेट्रोल अटोमेटिक गाडी भित्रिने कम्पनी स्रोतले बताएको छ । २ हजार सीसी इन्जिनयुक्त सो गाडी विशेष गरी अफरोड यात्राका लागि उपयुक्त हुनेछ । पाकिस्तान र विश्वका अन्य देशहरुमा यो गाडी निकै नै लोकप्रिय छ ।
हेर्दा आइकनिक गाडी जिप -यांगलर जस्तो लाग्ने बीजे ४० प्लस नेपाली बजारमा लन्च हुने मिति भने अहिले तोकिएको छैन । शोरुम र सर्भिस सेन्टर निर्माणको क्रममा रहेको र करिव दुई साता पश्चात सबै विवरण सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।
बीएआईसी ग्रुप अर्थात बेइजिङ अटोमोटिभ इन्डष्ट्रि होल्डिङ कम्पनी चीनमा सरकारी स्वामित्व प्राप्त कम्पनी हो । चीनमा यो ग्रुपले हुन्डाई र मर्सिडिज बेन्ज कार समेत बिक्री गरिरहेको छ । उच्च गुणस्तरीय प्रविधि, सुरक्षित, गुणस्तरीय र वातावरणमैत्री गाडी निर्माणमा बीएआईसी लोकप्रिय छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...