बागमती प्रदेश सरकारले ९ हजार रुपैयाँसम्म बढायो कारमा लाग्ने वार्षिक कर

काठमाडौं- बागमती प्रदेश सरकारले साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै किसिमका कार, जिप, भ्यान, माइक्रोमा लाग्ने वार्षिक करका दरमा परिमार्जन गरेको छ । प्रदेश सरकारले १ हजारदेखि ९ हजार रुपैयाँसम्म वार्षिक कर वृद्धि गरेको हो ।

सरकारले १ हजार सीसीभन्दा कम क्षमताका कारमा २२ हजार र १००१ सीसीभन्दा माथि १५ सय सीसीसम्मका लागि २५ हजार रुपैयाँ वार्षिक कर लाग्ने बनाएको छ । अघिल्लो वर्ष १ हजार सीसीभन्दा कम क्षमताका कारमा कर २१ हजार रुपैयाँ थियो भने हजार सीसीभन्दा माथि १५ सय सीसीसम्मका लागि २३ हजार ५०० रुपैयाँ वार्षिक कर थियो । 

१५०१ सीसी देखि २ हजार सीसीसम्मका लागि अब २७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसअघि सवारी धनीले २५ हजार ५०० रुपैयाँ तिर्दै आएका थिए ।

२५ सय सीसीसम्मका सवारी धनीले अब ३७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसमा पनि सरकारले १५ सय रुपैयाँ बढाएको छ ।

३ हजार सीसीसम्मका लागि अब ५० हजार तिर्नु पर्ने भएको छ । यसअघि ४१ हजार रुपैयाँ थियो । 

३५ सय सीसीसम्मका लागि अब ६० हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसअघि सवारी धनीले ५८ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्दै आएका थिए ।

३५ सय सीसीभन्दा माथिका साधनमा अब ६५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...

१० वर्षको वारेन्टीसहित होन्डाले नयाँ अवतारमा ल्यायो युनिकर्न

१० वर्षको वारेन्टीसहित होन्डाले नयाँ अवतारमा ल्यायो युनिकर्न

होन्डाले कुनै समयको चर्चित बाइक युनिकर्न नयाँ अवतारमा लन्च गरेको छ ।...

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...