लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
योग गुरु बाबा रामदेवले आफ्नो भवनको कम्पाउन्ड भित्र नयाँ महिन्द्रा एक्सयूभी ७०० परीक्षण गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा रामदेव आफ्ना साथीसँग नयाँ कारमा घुमिरहेको देखिएको थियो । यद्यपि यो पुरानो भिडियो भए पनि इन्टरनेटमा भाइरल भएको छ । बाबा रामदेवले पहिलो पटक कार चलाएको देखिएको थियो ।
बाबा रामदेवले ड्राइभ गर्दै गरेको महिन्द्रा एक्सयूभी ७०० मोडल प्यानोरामिक सनरुफ सहितको टप–इन्ड ट्रिम जस्तो देखिन्छ । यो भन्दा अघि बाबा रामदेव ज्यागुअर एक्सजेएलमा देखिएका थिए ।
महिन्द्रा एक्सयूभी ७०० मा २.०–लिटर ४–सिलिन्डर टर्बोचाज्र्ड २००पीएस पेट्रोल इन्जिन र २.२–लिटर ४–सिलिन्डर १५५ पीएस डिजेल इन्जिन रहेको छ ।
बाबा रामदेवको भिडियो यो भन्दा पहिले अन्य मोडलमा पनि देखिएको थियो । उनी हिरो इम्पल्समा पनि देखिसकेका छन् र पछि डुकाटी स्क्रायाम्बलरमा सद्गुरुसँग देखिएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...