रोड रेसिङ विजेतालाई विशेष समारोहमा यसरी गरियो पुरस्कृत

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष समारोहका साथ पुरस्कृत गरिएको छ । गत शनिबार आयोजित एक विशेष समारोहमा राइडरहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा विभिन्न सिरिजका विजेता खेलाडीहरुलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

नासा नेपालका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिल कुमार बराल, सचिव सन्तोष न्यौपाने लगायतका पदाधिकारीहरु र अन्य पदाधिकारीहरुले उनीहरुलाई पुरस्कृत गरेका थिए ।

नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड अन्तर्गत नेसनलतर्फ श्रीहरी पौडेल विजेता बनेका थिए भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बनेका थिए ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बनेका थिए भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बनेका थिए ।

ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए ।

यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।

मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगर एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।

सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए ।

समारोहमा विभिन्न पदाधिकारी, खेलाडी र प्रायोजक कम्पनीका प्रतिनिधिहरुले नेपालमा मोटर स्पोर्ट्स विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको र आगामी दिनमा समेत मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मोटर स्पोर्ट्स नेपाल क्लबका सचिव निमेश ज्ञवालीले आगामी वर्षको खेल तालिका समेत सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचारहरू

तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न

तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजनामा शुक्रबार र शनिबार...

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल

काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...

बजेटलाई माउन्टेन स्पोर्ट्स फेडरेसनको स्वागत

बजेटलाई माउन्टेन स्पोर्ट्स फेडरेसनको स्वागत

काठमाडौं – नेपाल सरकारको तर्फबाट हालै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...