नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश
काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष समारोहका साथ पुरस्कृत गरिएको छ । गत शनिबार आयोजित एक विशेष समारोहमा राइडरहरुलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विभिन्न सिरिजका विजेता खेलाडीहरुलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिल कुमार बराल, सचिव सन्तोष न्यौपाने लगायतका पदाधिकारीहरु र अन्य पदाधिकारीहरुले उनीहरुलाई पुरस्कृत गरेका थिए ।
नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड अन्तर्गत नेसनलतर्फ श्रीहरी पौडेल विजेता बनेका थिए भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बनेका थिए ।
त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बनेका थिए भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बनेका थिए ।
ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए ।
यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।
मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगर एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।
सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए ।
समारोहमा विभिन्न पदाधिकारी, खेलाडी र प्रायोजक कम्पनीका प्रतिनिधिहरुले नेपालमा मोटर स्पोर्ट्स विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको र आगामी दिनमा समेत मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मोटर स्पोर्ट्स नेपाल क्लबका सचिव निमेश ज्ञवालीले आगामी वर्षको खेल तालिका समेत सार्वजनिक गरेका थिए ।
काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ...
विश्वकै एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डेल अटोमोवाइल (FIA) को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...