अटो शो, ईभी र अपेक्षा

सवारीसाधनको कुम्भ मेला मानिने “नाडा अटो शो–२०२४“ आजबाट सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यो मेला ६ दिनसम्म चल्नेछ । मेलामा बिभिन्न ब्रान्डका सवारीसाधन, तीनको मर्मतसम्भारमा प्रयोग हुने कम्पोनेन्ट, एक्सेसोरिज र बैंक तथा वित्तिय संस्थाहरु सहभागी भएका छन् ।

अटो शो मुलतः सबै प्रकारका अटोमोबाइल सामाग्रीको प्रदर्शन गरिने थालो भए पनि यहाँ विशेष चर्चा भने गाडी र मोटरसाइकलकै हुने गर्छ । यसमा पनि नयाँ ब्रान्डका गाडी र मोटरसाइकललाई अवलोकन गर्नकै लागि भनेर दर्शक मेलास्थलसम्म पुग्ने गर्छन् । अटो शोमा यसपटक २४ ब्रान्डका कार र १९ ब्रान्डका मोटरसाइकल सहभागी छन् । यीमध्ये अधिकांश ब्रान्डले कुनै न कुनै नयाँ मोडल लन्च गरेका छन् ।

अटो शोमा यसपटक विद्युतीय सवारी (ईभी) को बर्चस्व छ । प्यासेन्जर कारमा सुजुकी बाहेक अन्य सबै ब्रान्डले बिद्युतीय कार प्रदर्शन गरेका छन् भने मोटरसाइकल र स्कुटरमा पनि ईभीकै वर्चश्व छ । विश्व अटो बजारनै अहिले न्यू इनर्जी भेइकलमा सिफ्ट हुँदै गरेका कारण नेपालमा पनि यसको प्रभाब बढ्दै गएको हो ।

ईभी अहिले नेपाली अटो बजारका लागि मेन स्ट्रिम बनिसकेको छ । बजारमा यत्र–तत्र ईभीकै चर्चा चुलिँदो छ । हरेक दिन कुन न कुनै नयाँ ब्रान्डका ईभी भित्रिँदा उपभोक्ताले पनि आफ्नो रुचीको ब्रान्ड र मोडल छान्ने बिकल्प पाएका छन् । ईभीको संख्या बढ्दै गएपछि चार्जिङ पूर्बाधार समेत विस्तार हुँदै गएको छ । निजी प्रयोजनमा मात्र नभई सार्बजनिक यातायातमा प्रयोग हुने कमर्सियल भ्यान तथा माइक्रो वस समेत ईभीमय वनिरहेको छ ।

अटो बजार ईभी केन्द्रित भएका कारण यसलाई व्यवस्थित गर्दै दिगो बनाउन सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ । तर सरकारले यस विषयमा कुनै ठोस रणनीति अपनाउन सकेको छैन । ईभीका लागि आवश्यक इकोसिस्टम नै तयार पारेर अघि बढ्नु पर्नेमा सरकार यस विषयमा खासै गम्भिर देखिँदैन । सरकारको ध्यान अहिले गाडी आयात गर्न दिने र त्यसबापत राजश्व उठाउनमै बढी केन्द्रित रहेकोे गुनासो बढ्दो छ ।

बजारमा ईभीको माग बढ्न थालेपछि व्यवसायी पनि गाडी बिक्रीमै केन्द्रित छन् । केही ब्रान्डले त गाडी बिक्री गर्न थालिसके पनि अझै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क विस्तार गर्न सकिरहेका छैनन् । यस्ता व्यवसायीले ईभीलाई सामान्य इलेक्ट्रोनिक ग्याजेटका रुपमा लिँदै आएका छन् । जसले भोलिका दिनमा ईभीप्रतिको भरोसा नटुटाउला भन्न सकिन्न । यी र यस्ता आम सरकोकारका विषयमा सचेत बन्दै नाडाले अटो शोमार्फत उचित वहस र पैरबी गर्नु आवश्यक छ । समयमै यसको दीर्घकालीन योजना र लक्ष्य निर्धारण गरेर कुशल ब्यबस्थापनमा केन्द्रित भैहाल्नुपर्ने अवस्था छ ।

सम्बन्धित समाचारहरू

यातायातमन्त्री महासेठलाई नाडाको २६ बुँदे सुुझाव पेश

यातायातमन्त्री महासेठलाई नाडाको २६ बुँदे सुुझाव पेश

काठमाडौं । अटोमोवाइल क्षेत्रका विभिन्न समस्या सम्बन्धमा छलफल भएको छ ।...

पोखरामा आज पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अधिवेशन

पोखरामा आज पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अधिवेशन

पोखरा – पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७ औँ वार्षिक...

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...