अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसन नेपालद्वारा हरेक वर्ष प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड यस वर्ष ‘अटो नेपाल’ म्यागजिनलाई प्रदान गरिएको छ ।

बिगत १५ वर्ष देखि नेपालको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाउदै आइरहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको नासा फाउन्डेसनकी संयोजक भगवती सेढाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउन्डेसन नेपालकी संयोजक भगबती सेढाई, नेसनल एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीका संयोजक गोबिन्द भट्टराईको उपस्थिति रहको थियो ।

अतिथिहरुद्वारा अटो नेपालको तर्पmबाट उपस्थित रोशन कुमार श्रेष्ठ र भूषण कुमार श्रेष्ठलाई सो अवार्डको साथमा प्रसंशापत्र तथा नगद ११ हजार १११ समेत प्रदान गरियो ।

छैटौँ यूएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले संचालन गरेको साप्ताहिक अभियान अन्तर्गत नै सो अवार्ड वितरण गरिएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

आठौ युएन ग्लोबल रोड सेफ्टी विक मनाइँदै, नेपालमा हुने छन् यस्ता कार्यक्रम

आठौ युएन ग्लोबल रोड सेफ्टी विक मनाइँदै, नेपालमा हुने छन् यस्ता कार्यक्रम

सड़क सुरक्षा परिषद गठन, सड़क सुरक्षा सम्बन्धी नेसनल एक्सन प्लान घोषणा, रोड...

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं – नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा...

नेपालकै पहिलो इभेन्ट ‘बाइक्स एन्ड कफी’ सम्पन्न, बाइकरहरुले बाइक हेर्दै खाए कफी

नेपालकै पहिलो इभेन्ट ‘बाइक्स एन्ड कफी’ सम्पन्न, बाइकरहरुले बाइक हेर्दै खाए कफी

काठमाडौं – नेपालकै पहिलो इभेन्टको रुपमा ‘बाइक्स एन्ड कफी’ सम्पन्न भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...