एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने
काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...
बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको सवारी बजार अहिले इतिहासकै कठिन मोडमा पुगेको छ । एक वर्षअघि शुरु भएको तरलता अभावले मन्दीतर्फ उन्मुख गराएको सवारी बजारमा अहिले एकैपटक वित्तीय संकट देखिनु र यसैलाई वहाना बनाएर सरकारले आयात प्रतिवन्ध समेत लादेका कारण सवारी बजारको आरालो यात्राले रफ्तार लिइरहेको छ ।
बजारमा अहिले एकापतर्फ विगत ४ महिनायता सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त प्यासेजर कार र १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएको छ भने अर्कोतर्फ व्यवसायीसँग स्टकमा रहेको सवारीसाधन अटोलोनमा गरिएको कडाइका कारण बिक्री हुन सकिरहेका छैनन् । यसैगरी मोटरसाइकलतर्फ पनि आयात भैरहेका १५० सीसीसम्मका मोटरसाइकल र स्कुटरको बिक्री समेत खस्किरहेको छ । यसरी विक्रीका लागि उपलब्ध भएका गाडी र मोटरसाइकल समेत बिक्री हुन छाडेपछि अहिलेको परिस्थितिमा आयातमाथिको प्रतिवन्धले भन्दा पनि अटोलोनमा गरिएको कडाई प्रमुख कारण रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
अटोलोनमा कडाई
आयातमा प्रतिवन्ध लाग्नु ६ महिना अघिबाटै वैंक तथा वित्तीय संस्थाले आफूसँग लगानीयोग्य पुँजीको अभाव बढ्दै गएको कारण देखाएर हायर पर्चेज कर्जामा कडाइ शुरु गरिसकेका थिए । फलस्वरुप गत वर्षको दशैंमा लोन पास गरेर गाडी खरिद गरेका ग्राहकको रकम वैंकहरुले वैशाखसम्म पनि बिक्रेता कम्पनीलाई भुक्तानी दिन आनाकानी गरिरहेका थिए । अटोलोन सहज हुँदा सजिलै कर्जा पाउँदै आएका ग्राहकले विस्तारै कर्जा पाउन छाडेपछि गाडी खरिद गर्ने मनस्थिति त्याग्दा पनि यसको सिधा असर गाडीको बिक्रीमा देखा परेको हो । जुन तत्कालै सहज हुने देखिँदैन ।
व्याजदरमा उच्च बृद्धि
एकातर्फ कर्जामा कडाई र अर्कोतर्फ व्याजदर समेत बढ्न थालेपछि यसको असर गाडी विक्रीमा विकराल बन्दै गएको एक सवारी बिक्रेताले नेपाल अटोलाई बताए । उनका अनुसार १ वर्षअघिसम्म ७ देखि ९ प्रतिशत हाराहारी व्याजदरमा अटोलोन लिने गरेका ग्राहकले अहिले १५ देखि १७ प्रतिशतसम्म व्याज तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । यति धेरै व्याजदरमा लोन लिएर गाडी किन्नु फाइदाजनक नदेखेपछि ग्राहकले गाडी किन्नुलाई प्राथमिकतामा राख्न छाडेको र जसको असरस्वरुप बिक्री ओरालो लाग्दै गएको उनले बताए । आर्थिक मन्दीका कारण उपभोक्ताको आयआर्जन कम भैरहेको अवस्थामा चर्को व्याजदरमा गाडी किन्न ग्राहकले रुचि नदेखाएका कारण सवारी बजार प्रभावित वन्दै गएको हो ।
टु ह्विलरमा पनि उस्तै समस्या
हालको संकटले गाडीलाई मात्र नभई टु ह्विलर बजारमा समेत उत्तिकै प्रभाव पारिरहेको छ । फलस्वरुप अहिले टु ह्विलरको बिक्रीमा झन्डै ५० प्रतिशत हाराहारीले ह्रास आएको बिक्रेता कम्पनीहरुले बताउने गरेका छन् । २ लाखदेखि नै खरिद गर्न सकिने मोटरसाइकल र स्कुटरको बिक्रीमा समेत कमी आउन थालेपछि उनीहरुले आर्थिक मन्दीलाई पहिलो कारण मान्न थालेका छन् । एक बिक्रेताका अनुसार कम मुल्यमै खरिद गर्न सकिने र अत्यावश्यक साधनको समेत परिचय बनाएको साना सीसीका मोटरसाइकल र स्कुटरको समेत बिक्री खस्किँदा बजार साच्चिकै आर्थिक मन्दीको मारमा परिरहेको स्पष्ट हुन्छ । त्यसमाथि आर्थिक संकट नै आउनेगरी विभिन्न हल्लाहरु फैलिएपछि अहिले अधिकांश ग्राहकले यस्ता साधन खरिद गर्नुभन्दा भोलिको संकट टार्नेगरी आफूसँग भएको रकम थन्क्याएर राख्ने गरेको र यसले मोटरसाइकल तथा स्कुटरको बिक्रीमा कमी ल्याएको उनले ठहर गरे ।
मोटरसाइकल र स्कुटरमा प्रायः फाइनान्स र सहकारीहरुले लगानी गर्दै आइरहेकोमा अहिले अधिकांश सहकारी आफै समस्यामा पर्न थालेका कारण पनि उनीहरुले कर्जा दिन सकिरहेका छैनन् । त्यसमाथि वाणिज्य वैंकले गाडीकै कर्जामा १७ प्रतिशतसम्म व्याजदर लगाउन थालेपछि अहिले सहकारीबाट लोन लिएर वाइक खरिद गर्दा २० प्रतिशत माथि व्याज भुक्तानी गर्नुपर्ने अवस्था निम्तिएको छ ।
काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
काठमाडौं – बैंकहरुले असोज महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...