नाडा अटो शोमा बैंकको स्टल : गाडी किन्न कुन बैंकले कति दरमा दिन्छन् कर्जा ?

राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२५ मा बैंकहरुले समेत छुट्टै स्टल राखेका छन् । विशेष गरी सवारी साधन किन्नका लागि उनीहरुले कर्जा अर्थात अटो लोन उपलब्ध गराउने गरेका छन् ।

बैंकहरुले दिने कर्जाकै आधारमा सवारी साधन किन्न चाहनेहरुले पनि गाडी चढ्न पाउछन् । यसरी बैंकले प्रवाह गर्ने कर्जाकै कारण अर्थतन्त्र चलायमान भएको पाइन्छ ।

अटो शोमा ८ वटाले सहभागिता जनाएका छन्, जसमा बैंकहरूले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्मको अटो लोन योजना ल्याएका छन् ।

कृषि विकास बैंकः यस बैंकले न्यूनतम ६.२३ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । कृषिले बेसरेटमा जम्मा ०.३६ प्रतिशत मात्रै प्रिमियम जोडेर अटो कर्जा स्कीम ल्याएको हो । हाल बैंकको बेसरेट बेसरेट ५.८७ प्रतिशत छ । बैंकले अटो कर्जामा ०.७५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

नबिल बैंकः यस बैंकले ७ वर्षसम्मका लागि न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यसमा ०.५ प्रतिशत सेवा शुल्क लिने बैंकले जनाएको छ । वार्षिक ८.२५ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षका लागि कर्जा दिने भएको छ । यसमा सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लिनेछ ।

ग्लोबल आइएमई बैंकः यस बैंकले ६.९९ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ ।

हिमालयन बैंकः गाडी किन्नेहरुलाई यस बैंकले बेसरेटमा ०.८७ प्रतिशत प्रिमियम तोकेर अटो कर्जा दिएको छ । सो अनुसार ७.५७ प्रतिशतमा ऋण दिन्छ । कर्जाको अवधि ८ वर्ष रहेकाे छ ।

एनएमबी बैंकः यस बैंकले विद्युतीय सवारी किन्न ७.१३ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले ५ वर्षका लागि भने ८.८९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

सानिमा बैंकः यस बैंकले विद्युतीय सवारी साधन किन्न न्यूनतम ७.४९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले अन्य सवारी किन्न ५ वर्षका लागि ७.९९ प्रतिशत र ७ वर्षका लागि ८.१५ प्रतिशत ब्याजदर कर्जा दिनेछ । बैंकले ३ दिनमै कर्जा स्कीकृत गर्ने र प्रोसिङ चार्ज ०.५ प्रतिशत मात्र लिने जनाएको छ ।

नेपाल एसबीआई बैंकः यस बैंकले पनि ६.९९ प्रतिशत ब्याजदरको भेहिकल लोन स्कीम ल्याएको छ । बैंकले न्यूनतम ३ वर्षदेखि ७ वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । प्रोसेसिङ चार्ज न्यूनतम मात्र लिने बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकः यस बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले नाडा अटो शो नै लक्षित गर्दै आगामी १४ मंसिरसम्म लागु हुने गरी कर्जामा छुटको अफर ल्याएको हाे ।

सम्बन्धित समाचारहरू

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं–जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८०...

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

काठमाडौं – यही फागुन १ देखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने सुविधा...

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा अटो लोन, ब्याजदर जम्मा ७.७७ प्रतिशत

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा अटो लोन, ब्याजदर जम्मा ७.७७ प्रतिशत

काठडमाडौं– राष्ट्रिय बाणिज्य बैंकले ७ वर्षसम्म स्थिन रहने ब्याजदरमा अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...